• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

माल्दिभ्स-भारत सम्बन्धमा सुधारको संकेत, के छ रणनीतिक महत्त्व ?


    Avatar photo
बुधबार, असोज ०९, २०८१ मा प्रकाशित

काठमाडौं- माल्दिभ्सका राष्‍‍ट्रपति मोहम्मद मुइज्जुको सम्भावित भारत भ्रमणको जानकारी बाहिरिएकै दिन निलम्बित दुई मन्त्रीले राजीनामा दिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलसँग जोडेर टिप्पणी गरेपछि गत जनवरीमा उनीहरू निलम्बनमा परेका थिए।

Advertisement

गत जनवरीमा मन्त्रीहरू मरियम सिउना, मल्सा सरिफ र अब्दुल्ला महजुम माजिदले मोदीविरुद्ध टिप्पणी गरेका थिए। तीमध्ये सिउना र सरिफले ८ महिनापछि राजीनामा दिएका हुन्, त्यो पनि राष्‍‍ट्रपतिको नयाँदिल्ली भ्रमणको खबर बाहिरिएपछि।

मुइज्जुको भारत भ्रमणको तयारी र विवादित मन्त्रीहरूको राजीनामापछि माल्दिभ्स-भारत सम्बन्ध सुधारको संकेत देखिएको भारतीय सञ्‍चार माध्यमले उल्लेख गरेका छन्।

बिजनेस टुडेले भने मन्त्रीहरूले राजीनामा दिनुमा ‘व्यक्तिगत कारणहरू’ रहेको जनाएको छ।

चीन समर्थक मानिएका राष्‍‍ट्रपति मुइज्जु छिट्टै भारत भ्रमणमा आउन लागेको राष्‍‍ट्रपति कार्यालयकी प्रवक्ता हिना वालिदले बताएकी छन्। उनका अनुसार भ्रमणको मिति भने तय भइसकेको छैन। वालिदलाई उद्धृत गर्दै द सन अनलाइनले ‘राष्‍‍ट्रपतिले छिट्टै भारत भ्रमण गर्ने कार्यक्रम रहेको’ पुष्‍टि गरेको छ।

११ सेप्‍टेम्बरमा भ्रमणबारे जानकारी दिँदै वालिदले भनिन्, ‘छिट्टै राष्‍‍ट्रपतिको भारत भ्रमण हुँदैछ। तपाईंहरूलाई थाहा छ, यस्ता भ्रमणहरू दुई देशका नेताहरूलाई सहज हुने समयका लागि निर्धारित गरिन्छ। यस विषयमा छलफल भइरहेको छ।’

कहाँबाट शुरु भयो मनमुटाव ?

चीन निकट मुइज्जु माल्दिभ्सको राष्‍‍ट्रपति बनेयता भारत-माल्दिभ्स सम्बन्ध तनावमा छ। मुइज्जुकै निर्देशनमा माल्दिभ्सबाट भारत आफ्नो सेना फिर्ता गर्न बाध्य भएको थियो। ‘इन्डिया-आउट’ अभियान चलाएर निर्वाचन जितेका मुइज्जुले राष्‍‍ट्रपति बनेलगत्तै भारतीय सेना फिर्ता गर्न निर्देशन दिएका थिए।

दुई देशबीचको सम्बन्ध तनावमै रहेका बेला भारतीय प्रधानमन्त्री मोदीले लक्ष्‍‍यद्वीपको भ्रमण गरेका थिए। चीन समर्थक मुइज्जुले ‘भारत पहिले’ नीति अन्त्य गर्ने संकेत पाएपछि मोदीले भारतीय पर्यटकका लागि माल्दिभ्सको विकल्पमा भारतीय टापु लक्ष्‍‍यद्वीपको प्रबर्द्धन गरेका थिए। उनले त्यहाँ पुगेर फोटो सेसन गरेका थिए। उक्त टापुलाई माल्दिभ्सको विकल्पका रूपमा चित्रित गरिएको छ।

मोदीको लक्ष्‍‍यद्वीप भ्रमणपछि मुइज्जुका मन्त्रीहरूले उनलाई ‘जोकर’, ‘आतंकवादी’ र ‘इजरायलको कठपुतली’ को संज्ञा दिएका थिए। माल्दिभ्सका मन्त्रीहरूले मोदीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि भारत-माल्दिभ्स सम्बन्ध झनै बिग्रिएको थियो। भारतीयले सामाजिक सञ्‍जालमा ‘ह्यासट्याग बाइकट माल्दिभ्स’को अभियान नै चलाएपछि माल्दिभ्सका तीन मन्त्रीको पद नै चैट भयो। भारतीय पर्यटकहरूले माल्दिभ्स भ्रमण रद्द गर्न थालेपछि राष्‍‍ट्रपति मुइज्जु मन्त्रीहरूलाई निलम्बन गर्न बाध्य भएका थिए।

भारतीयहरूले चलाएको अभियानपछि माल्दिभ्स घुम्‍न जाने भारतीय पर्यटकको संख्यामा गिरावट आएको थियो। जनवरी २०२४ मा भारतीय पर्यटकको संख्या १३ हजारमा घटेको थियो। जब कि, २०२३ को सोही महिनामा १७ हजार भारतीयले माल्दिभ्स भ्रमण गरेका हिन्दुस्तान टाइम्सले जनाएको छ।

एक रिपोर्टअनुसार गत वर्षसम्म माल्दिभ्स भित्रिने पर्यटक संख्याको आधारमा शीर्ष स्थानमा रहेको भारत ८ अप्रिलसम्मको तथ्यांकअनुसार छैटौं स्थानमा झरेको छ। अर्थतन्त्रका लागि पर्यटनमा निर्भर माल्दिभ्सका लागि यो चिन्ताको विषय हो।

मुइज्जुले तोडेका थिए पहिलो भ्रमण भारतबाट गर्ने परम्परा

गत ९ जुनमा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा राष्‍‍ट्रपति मुइज्जु भारत गएका थिए। १७ नोभेम्बर २०२३ मा राष्‍‍ट्रपति निर्वाचित भएका मुइज्जुको त्यो नै पहिलो भारत भ्रमण थियो। राष्‍‍ट्रपति भएलगत्तै भारत भ्रमण गर्ने परम्परा तोड्दै उनले पहिलो भ्रमण भने टर्कीको गरेका थिए। दोस्रो भ्रमणका लागि पनि उनले भारतलाई छोडेर चीनलाई रोजेका थिए।

भारतीय पर्यटकले बाइकट अभियान चलाएपछि मुइज्जुको चीन भ्रमणका क्रममा पर्यटनमा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। यो उनको चिनियाँ पर्यटक बढाएर अर्थतन्त्रमा परेको प्रभाव कम गर्ने प्रयास थियो। यस्तै, चीन-माल्दिभ्सबीच विपद् जोखिम न्यूनीकरण, डिजिटल अर्थतन्त्रमा लगानी सुदृढ गर्नेलगायत २० सम्झौतामा हस्ताक्षर भएको थियो।

सम्बन्ध सुधारको पक्षमा दुवै देश ?

छिमेकी देशमा आफू अनुकूलका सरकार धमाधम ढल्न थालेपछि भारत छिमेक सम्बन्ध सुधारको पक्षमा छ। पाकिस्तानसँग भने भारतको कूटनीतिक सम्बन्ध सबैभन्दा कमजोर छ।

चीन समर्थक मानिएका राष्‍‍ट्रपति मुइज्जु पनि भारतप्रति नरम देखिन थालेका छन्। उनको आगामी भारत भ्रमणको सम्बन्ध सुधारका लागि कोसेढुंगा हुने विश्लेषकहरू बताउँछन्।

९ जुनमा नयाँदिल्ली भ्रमणका क्रममा मुइज्जुले भारतसँगको सम्बन्ध सुधारको प्रयास गरेका थिए। भारतीय समकक्षी द्रौपदी मुर्मूले आयोजना गरेको भोजमा सरिक भएका उनी प्रधानमन्त्री मोदीसँगै देखिएका थिए। उनीहरू आपसमा कुराकानी गरिरहेका देखिन्थे।

भारत भ्रमणबाट फर्केका मुइज्जुले सरकारी न्युज वेबसाइट ‘पीएसएम न्युज’लाई दिएको अन्तर्वार्तामा आफ्नो भारत भ्रमण फलदायी भएको र यसले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्‍वास व्यक्त गरेका थिए। उनले निम्ताका लागि भारत सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए।

यता मुइज्जुले भारतसँगको सम्बन्ध सुधारको दाबी गरिरहँदा माल्दिभ्सको संसदीय समितिले भने भारतसँग भएका विभिन्‍न सम्झौताहरू पुनरावलोकन गर्ने घोषणा गरेको थियो। टाइम्स अफ इन्डियाका अनुसार पुनरावलोकन घोषणा गरिएका सम्झौतामा हाइड्रोग्राफिक सर्वेक्षण, भारतको आर्थिक सहयोगमा निर्माण हुने उथुरु तिलाफालु डकयार्ड र मानवीय राहत कार्यका लागि माल्दिभ्सको सेनालाई उपहारस्वरूप भारतीय डोर्नियर एयरक्राफ्ट उपलब्ध गराउने सम्झौताहरू थिए।

यी सबै सम्झौता भारत समर्थित तत्कालीन राष्‍‍ट्रपति इब्राहिम सोलिहको पालामा भएका थिए। यी सम्झौताहरूले माल्दिभ्सको स्वतन्त्रता र सार्वभौमसत्ताको उल्लंघन गरेको समितिको ठहर थियो।

गत ९ अगस्टमा भारतीय विदेशमन्त्री एस जयशंकर माल्दिभ्सको तीनदिने भ्रमणमा गएका थिए। नोभेम्बर २०२३ मा चीन समर्थक मुइज्जु माल्दिभ्सको राष्‍‍ट्रपति बनेयता यो नै भारतको पहिलो उच्चस्तरीय माल्दिभ्स भ्रमण थियो। र, मेमा भारतीय सेनालाई हटाएपछिको पनि पहिलो माल्दिभ्स भ्रमण थियो। भारतले आफ्ना सेनाको बहिर्गमनलाई चिनियाँ सेनाले विस्थापन गर्ने मुइज्जुको रणनीतिको रूपमा हेरेको थियो।

तर, जयशंकरसँगको भेटमा राष्‍‍ट्रपति मुइज्जुले भारतीय सेनालाई चिनियाँ सेनाले बदल्ने तयारी नरहेको आश्‍वस्त पारेका थिए। जसलाई विज्ञहरूले माल्दिभ्समा भारत र चीनबीचको भूराजनीतिक प्रभाव सन्तुलनमा राख्‍ने मुइज्जुको सकारात्मक प्रयासको रूपमा अर्थ्याएका छन्।

मुइज्जुसँगको भेटमा जयशंकरले दुवै देश र जनताको हितका लागि भारत-माल्दिभ्स सम्बन्धलाई गहिरो बनाउन नयाँदिल्ली प्रतिबद्ध रहेको बताएका थिए। उनले माल्दिभ्सको ७ प्रतिशत जनसंख्या ओगटेका २८ टापुहरूमा ११ करोड अमेरिकी डलरको खानेपानी तथा सरसफाइ परियोजनाको उदघाटन र हस्तान्तरण पनि गरेका थिए। त्यसबाट भारतको माल्दिभ्ससँगको सम्बन्ध सुधारमा सहयोग पुग्‍ने नयाँदिल्लीको अपेक्षा थियो।

भारतका लागि माल्दिभ्स किन महत्त्वपूर्ण ?

हिन्द महासागरको प्रमुख समुद्री मार्गहरूको बीचमा रहेको माल्दिभ्स भारतको महत्त्वपूर्ण समुद्री छिमेकी हो। ३०० वर्ग किलोमिटर क्षेत्रफल भएको एसियाको सबैभन्दा सानो देश माल्दिभ्सले उत्तरदेखि दक्षिणसम्म हिन्द महासागरको बीचमा भने ९६० किलोमिटर लामो सामुद्रिक पर्खाल बनाएको छ।

यसको दक्षिण र उत्तरमा मात्र दुईवटा मार्ग छ, जसले पश्‍चिम एसियाको एडन खाडी र हर्मुज खाडी तथा दक्षिणपूर्वी एसियाको मलाक्का स्ट्रेटबीचको सामुद्रिक व्यापारका लागि गेटको काम गर्छ। ती समुद्री मार्गबाट भारतले अन्तर्राष्‍ट्रिय व्यापार गर्दै आएको छ। खाडी मुलुकबाट भारतमा ऊर्जा आपूर्ति हुने प्रमुख मार्ग नै यही हो।

भारतको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार भारतको ५० प्रतिशत व्यापार इन्डो-प्यासिफिक क्षेत्रमा केन्द्रित छ। हिन्द महासागरमा मात्र भारतको ९० प्रतिशत व्यापार हुन्छ। त्यसैले माल्दिभ्सको भौगोलिक स्थिति भारतलाई रणनीतिक दृष्‍टिकोणले निकै महत्त्वपूर्ण छ।

बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.