कैलाली- धनगढी उपहमानगरपालिकाले नगरबसको उद्घाटन गरेको छ । धनगढीका तीन स्थानीय तह जोड्ने गरि कैलारी गाउँपालिकाको हसुलीया–धनगढीको फुलबारी हुदै क्याम्पस रोड र त्यसपछि गोदावरी नगरपालिकाको अत्तरिया जोडने गरी नगरबस सञ्चालन गरिन लागेको हो ।
धनगढी उपमहानगरपालिकाले ६ वटा नगरबस खरिद गरि नीजि क्षेत्रलाई ठेक्कामा दिएको छ । नेपाल सरकारले तोकेको भाडा भन्दा महंगो लिन नपाउने गरी हरेक आधाआधा घण्टामा निश्चित समयमा छुटने गरी नगरबस सञ्चालनमा आएको हो ।
धनगढीको वडा नम्बर १९ को फुलबारी बसपार्कमा एक कार्यक्रमका बीच नगर उपपप्रमुख कन्दकला रानाले सिटि बजाएर र हरियोझण्डा दखाएर नगरबस सेवाको उद्घाटन गरिन् । उपहानगरलाई छिमेकी पालिकाहरुसँग जोडन र ग्रामीण भेगका जनतालाई सहजताका लागि नगरबस सञ्चालन गरिएको उपप्रमुख रानाले बताईन् ।
नगरप्रमुख गोपाल हमालले उपमहानगर भएपनि फुलबारी क्षेत्र ग्रामीण भेगमा पर्ने भएकाले फुलवारीलाई प्राथमिकतामा राखिएको बताए ।
अटोरिक्साको भाडा पनि महंगो हुने र उपमहानगरबासीले समयमा पनि नपाउने भएकाले निश्चिम समयमा छुटने गरी बस सेवा सञ्चालन गरिएको हो’ नगरप्रमुख हमालले भने । नगरबसमा कहाँ पुग्यो भनेर घरबाटै लोकेशन हेर्न सकिने जिपिएस जडान गरिएका समेत गरिएका छन् ।