Advertisement
राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी छिन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रिय सभामा मनोनीत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दाहाल चितवनका हुन् । दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । उनी यसअघि वाग्मती प्रदेश अध्यक्षसमेत थिए ।