Advertisement
नयाँ वर्षको छेको पारी भक्तपुरमा अस्तित्त्वमा रहेका ३३ वटा संरक्षित पोखरीको पदयात्रा गरिने भएको छ।
आयोजक ३३ पोखरी पदयात्रा उपभोक्ता समितिले पदयात्रा शुल्क प्रतिव्यक्ति पाँच सय रुपैयाँ तोकेको छ। समितिका अनुसार भक्तपुर महेश्वरी मन्दिर परिसरमा बिहान सात बजे भेला हुने कार्यक्रम छ। बिहान आठ बजेदेखि पदयात्रा शुरु हुने आयोजकले जनाएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा पोखरीका रूपमा रहेका जलभण्डारहरू मासिँदै गएको जनगुनासो छ। त्यससँगै पोखरीको महत्त्व बुझेका कीर्तिपुर, मध्यपुर, ललितपुर, काठमाडौंका पोखरी संरक्षणका प्रयास हुन थालेका छन्।
यस्तै, आगामी स्थानीय चुनावलाई लक्षित गरी विगत दुई महिनामा उपत्यकामा करिब २० वटा पुराना पोखरी मर्मत गरी उदघाटन गरिएको छ।