• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

चिनियाँ ईभीमाथि भूराजनीति, अमेरिकी खेमाको कर्के नजर !


    Avatar photo
मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

काठमाडौं- विश्‍व व्यापारमा अमेरिका र युरोपियन युनियनको एकाधिकारलाई चुनौती दिइरहेको चीनमाथि एकपछि अर्को आक्रमण भइरहेका छन्। अमेरिका र ईयूले चिनियाँ सामानमाथि भन्सार कर थप्दै जाँदा उसका सहयोगीहरूले पनि सोही बाटो पछ्याउन थालेका छन्।

Advertisement

अमेरिकापछि क्यानाडाले पनि चीनमा बनेका विद्युतीय सवारी साधन (ईभी) आयातमा शतप्रतिशत भन्सार कर लगाएको छ। उक्त घोषणापछि क्यानाडा र चीनबीच आरोप-प्रत्यारोप शुरु भएको छ।

२६ अगस्तमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा उत्पादित विद्युतीय सवारी साधन (ईभी) आयातमा शतप्रतिशत भन्सार कर लगाउने घोषणा गरे। ईभीमा मात्र नभएर क्यानाडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ। अमेरिका र ईयूले चिनियाँ ईभीमा भन्सार कर बढाएपछि क्यानाडाले पनि शतप्रतिशत बढाएको हो।

यसअघि अमेरिकाले गत मेमा चिनियाँ ईभी आयातमा अतिरिक्त महशुल चार गुणाले बढाउँदै शतप्रतिशत बनाएको थियो। त्यसलगत्तै ईयूले जुनमा चिनियाँ ईभीको आयातमा लगाउँदै आएको भन्सार कर १० प्रतिशतबाट बढाएर ३६.३ प्रतिशत पुर्‍याएको थियो।

अहिले क्यानाडाले आफ्ना सहयोगी राष्‍ट्रहरूको सिको गर्दै शतप्रतिशत कर लगाउने घोषणा गरेको छ। चिनियाँ सञ्‍चारमाध्यम पिपुल्स डेलीका अनुसार क्यानाडामा चिनियाँ ईभीमाथिको कर ६.१ प्रतिशतबाट बढेर १०६.१ प्रतिशत पुगेको छ।

क्यानाडाले लगाएको अतिरिक्त कर तत्काल लागू नहुने भएको छ। ईभीमाथि लगाएको कर १ अक्टोबर तथा स्टिल र आल्मुनियममाथिको कर १५ अक्टोबरदेखि लागू हुने रोयटर्सले जनाएको छ। क्यानाडा र उसका सहयोगी पश्‍चिमा मुलुकले चीनमाथि कार निर्मातालाई आर्थिक सहयोग दिएर अनुचित लाभ दिएको आरोप लगाएका छन्।

चिनियाँ कम्पनीका मात्र नभएर चीनमा कारखाना स्थापना गरेका बहुराष्‍ट्रिय कम्पनीका उत्पादनमा समेत सोही कर लागू हुनेछ। सांघाईस्थित कारखानाबाट ईभी उत्पादन गरिरहेको टेस्लाको उत्पादन क्यानाडा निर्यातमा पनि सोही बराबर कर लाग्‍ने सीएनएनले जनाएको छ।

चिनियाँ ईभीमाथि क्यानाडाले किन लगायो उच्च भन्सार कर ?

क्यानाडा यतिबेला आर्थिक संकटसँग जुधिरहेको छ। पछिल्लो दुई महिनामा मात्रै क्यानाडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुगेको छ। अर्थात्, यतिबेला क्यानाडाका करिब १४ लाख मानिस बेरोजगार छन्। गत वर्ष क्यानाडाको जनसंख्या बढ्नुमा आप्रवासन एक कारण भएको संघीय तथ्यांकले बताएका थिए। आप्रवासनलाई बढावा दिएको भन्दै ट्रुडोको सरकारको आलोचना भइरहेको छ।

२६ अगस्तमा प्रधानमन्त्री ट्रुडोले विदेशी कामदारहरूको संख्या घटाउन लागेको बताएका थिए। उनले क्यानाडाको श्रम बजारमा परिवर्तन आएको र अब क्यानाडेली व्यवसायीहरूले घरेलु कामदार र युवामा लगानी गर्ने समय आएको बताएका थिए। ट्रूडोले एक्समार्फत भनेका छन्, ‘हामी क्यानाडामा कम ज्यालावाला, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं। श्रम बजार परिवर्तन भएको छ। अब हाम्रा व्यवसायहरूले क्यानाडेली कामदार र युवामा लगानी गर्ने समय आएको छ।’

क्यानाडामा बढ्दै गएको बेरोजगारी र सरकारप्रति बढिरहेको आलोचनाका कारण ट्रुडोको सरकारले चिनियाँ ईभीमा कर बढाएर स्थानीय उत्पादनमा बढावा दिने नीति लिएको बीबीसीले जनाएको छ। यसले सरकारको अनुदान पाएका चिनियाँ ईभी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेका क्यानाडेली कम्पनीहरूको विस्तारमा सहयोग पुग्‍न सक्ने विज्ञहरू बताउँछन्।

अर्थशास्त्री केशव आचार्यका अनुसार ईभी, सोलार सिस्टम र ब्याट्रीमा विश्‍वमा चीनको एकछत्र राज छ। क्यानाडाले चिनियाँ ईभीमा उच्च कर लगाउनुको प्रमुख कारण नै आफ्ना उत्पादनलाई प्रतिस्पर्धामा टिकाउनु हो।

युरोपियन र अमेरिकन देशहरूले पनि चीनझैं अनुदान दिने प्रयास गरे पनि उनीहरूको उत्पादनले चिनियाँसँग अझै प्रतिस्पर्धा गर्न नसकेकाले उनीहरू कर लगाउने स्थितिमा पुगेको हुन सक्ने उनको बुझाइ छ।

भन्छन्, ‘युरोप, अमेरिकमा बनेका ईभीहरू महँगा हुन्छन्। किनभने त्यहाँको उत्पादन लागत धेरै नै माथि छ। उनीहरूले जतिसुकै अनुदान दिए पनि चिनियाँहरूसँग प्रतिस्पर्धा गर्न सकेनन्। त्यसैले उनीहरूले प्रतिस्पर्धामा टिक्नका लागि कर लगाएका हुन्।’

पश्‍चिमा कार निर्माता कसरी पर्छन् समस्यामा ?

चिनियाँ ईभीमाथि भन्सार कर थप्‍नुको कारणबारे क्यानाडाका प्रधानमन्त्री ट्रुडो भन्छन्, ‘हामी क्यानाडाको अटोमोटिभ क्षेत्रलाई भोलिको सवारी साधन निर्माण गर्ने ग्लोबल लिडरमा परिणत गर्दैछौं। तर, चीनजस्ता देशहरूले विश्‍व बजारबाट अनुचित लाभ लिने विकल्प चुनेका छन्।’

एक अध्ययनका अनुसार संसारमा बिक्री भएका ईभीमध्ये ४० प्रतिशत बजार चिनियाँ कम्पनी बीवाईडीले लिएको छ। चिनियाँ ईभीमाथि उच्च कर लगाउनुको उद्देश्य क्यानाडामा आक्रामक बजार विस्तार गरिरहेको सस्तो चिनियाँ कारहरूको विक्री कम गर्नु र स्थानीय उत्पादनको बजार बढाउनु रहेको बीबीसीले जनाएको छ। चिनियाँ कम्पनीको उत्पादन सस्तो हुँदा युरोपका ईभी निर्माता मारमा परेका थिए। चिनियाँ ईभीसँग प्रतिस्पर्धा गर्न सकेका थिएनन्।

गत मार्चमा युरोपेली आयोगले चीनबाट आयात हुने नयाँ ईभीहरूले प्रत्यक्ष रकम, कर छुट वा वस्तु तथा सेवाहरूको ‘बजार मूल्यभन्दा कम’ सार्वजनिक प्रावधानलगायत सब्सिडीहरू प्राप्त गरेको ‘पर्याप्त प्रमाण’ फेला पारेको बताएको थियो।

अर्थशास्त्री आचार्य पनि चिनियाँ उत्पादन सस्तो हुनुमा सरकारी अनुदान जिम्मेवार रहेको बताउँछन्। भन्छन्, ‘हो। कारण त्यही हो। तर, उनीहरूले पनि त अनुदान दिने प्रयास गरेका थिए। त्यति हुँदाहँदै पनि उनीहरूको उत्पादन लागत चिनियाँसँग टिक्ने खालको भएन। उनीहरूको उत्पादन लागत नै हाई छ।’

सन् २०२२ मा अमेरिकामा बाइडेन प्रशासनले ‘मुद्रास्फीति न्यूनीकरण ऐन’ नै ल्याएर ईभीमा अनुदान दिने निर्णय गरेका थिए। उक्त ऐनको उद्देश्य ‘संघीय सरकारको बजेट घाटा कम गर्नु, औषधिको मूल्य घटाउनु र स्वच्छ ऊर्जालाई प्रोत्साहन गर्दै घरेलु उर्जा उत्पादनमा लगानी गर्नु’ छ।

तर पनि, अमेरिकी ईभी उत्पादकले चिनियाँ ईभीसँग प्रतिस्पर्धा गर्न नसकेपछि बाइडेन प्रशासनले चिनियाँ ईभीमाथि लगाउँदै आएको २५ प्रतिशत कर बढाएर शतप्रतिशत पुर्‍याउने निर्णय गरेको थियो। क्यानाडाले पनि त्यसैको सिको गरेको जानकारहरू बताउँछन्।

क्यानाडा-चीनबीच आरोप-प्रत्यारोप

चीनले आफ्ना उत्पादकलाई बजारमा प्रतिस्पर्धाका लागि आर्थिक सहयोग गरिरहेको र क्यानाडाको ईभी उद्योगले ‘अन्यायपूर्ण प्रतिस्पर्धा’ गर्नुपरेको त्यहाँको सरकारको अर्थ विभागले जनाएको छ। नयाँ नीतिले क्यानडेली कामदारहरूको लागि रोजगार सिर्जना हुने र ईभी, स्टिल र आल्मुनियम उत्पादकहरूलाई घरेलु र विश्‍वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सहज हुने क्यानाडेली सरकारले दाबी छ।

चीनले भने क्यानाडाको कदम विश्‍व व्यापार संगठन (डब्लूटीओ)को नियमको उल्लंघन भएको दाबी गरेको छ। क्यानाडास्थित चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै क्यानाडाको कदमप्रति चीनले ‘गहिरो असन्तुष्‍टि र विरोध’ व्यक्त गर्ने बताएका थिए।

यस कदमले चीन र क्यानाडाबीचको व्यापार र आर्थिक सहयोगलाई हानी गर्ने उनले चेतावनी दिएका छन्। आफ्ना कम्पनीहरूलाई जोगाउन आवश्यक कारवाही अगाडि बढाउने दूतावासले जनाएको छ। र, चीनको ईभी उद्योग सरकारी अनुदानमा भर नपर्ने दाबी पनि गरेको छ।

उनले भनेका छन् ‘म जोड दिन चाहन्छु कि चीनको ईभी उद्योगको द्रुत विकास निरन्तर प्राविधिक आविष्‍कार, राम्रोसँग स्थापित औद्योगिक र आपूर्ति श्रृंखला र पूर्ण बजार प्रतिस्पर्धाको परिणाम हो। चीनको ईभी उद्योग सरकारी अनुदानमा भर पर्दैन।’

अर्थशास्त्री आचार्य पनि खुला बजार भन्‍ने र विश्‍व व्यापार संगठन बनाउनेहरूले नै चिनियाँ सामानले बजार खायो भनेर उच्च कर लगाउने अवस्थामा पुगेको बताउँछन्। चिनियाँहरूले त्यसविरुद्ध डब्लूटीओमा मुद्दा हाल्नुपर्ने उनी बताउँछन्।

‘उनीहरू आफैं खुला बजार भन्छन्। विश्‍व व्यापार संगठन आफैं बनाउने अनि चिनियाँ सामानले बजार खायो भनेर शतप्रतिशत कर लगाउने अवस्थामा पुगे,’ उनी भन्छन्, ‘चिनियाँहरू डब्लूटीओमा मुद्दा हाल्न जानुपर्ने हो। किन गएनन्? के कारण हो, थाहा छैन।’

युरोपमा प्लान्ट विस्तार गर्ने चीनको तयारी

ईयूले आयात कर थपेपछि चिनियाँ ईभी निर्माता बीवाईडीले टर्की र हंगेरीमा ईभी प्लान्ट राख्‍ने तयारी गरेको सीएनएनले जनाएको छ। गत डिसेम्बरमा बीवाईडीले ईयू सदस्य राष्‍ट्र हंगेरीमा ईभी प्लान्ट निर्माण गर्ने घोषणा गरेको थियो भने टर्कीसँग सम्झौता गरिसकेको छ।

बीवाईडीका प्रमुख कार्यकारी अधिकृत वाङ चुआनफु र टर्कीका उद्योग तथा प्रविधिमन्त्री मेहमत फातिह कासीले १ अर्ब डलर लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका छन्।

टर्की एसियाली देश भए पनि यसको केही भाग युरोपमा पर्छ। ऊ ईयूसँग भन्सार संघमा पनि आवद्ध छ। सोहीकारण त्यहाँ उत्पादित ईभी ईयूमा आबद्ध राष्‍ट्रहरूमा ट्याक्स-फ्री निर्यात गर्ने चीनको लक्ष्‍य रहेको सीएनएनले उल्लेख गरेको छ। टर्कीको कारखानाबाट सन् २०२६ को अन्त्यसम्ममा ईभीको उत्पादन शुरु भइसक्ने कम्पनीले जनाएको छ।

बीवाईडीले जुन २०१९ मा क्यानाडामा आफ्नो पहिलो बस एसेम्बल प्लान्ट खोलेको थियो। तर, क्यानाडामा अझै पनि चिनियाँ ब्रान्डहरूको प्रभाव बढ्न नसकेको चीनको राज्य नियन्त्रित मिडिया ग्लोबल टाइम्सले जनाएको छ।

दक्षिण एसियामा चिनियाँ ईभी

नेपालमा ११ भदौदेखि नाडा अटो मेला चलिरहेको छ। मेलामा विभिन्‍न देशका चारपांग्रे र दुईपांग्रे गरि ५५ ब्रान्ड सहभागी छन्। तीमध्ये विद्युतीय सवारीको उपस्थिति सबैभन्दा बढी रहेको नाडाले जनाएको छ। त्यसमा पनि चिनियाँ ईभीको उपस्थिती व्यापक छ। बीवाईडी, नेटा, स्काइवेल, एमजी, डोङफेङ, ओमोडा, चांगान, ग्रेट वाल र ग्याकलगायत चिनियाँ ब्रान्डहरू सहभागी रहेको नाडाले जनाएको छ।

गत आर्थिक वर्षमा नेपालमा ११ हजार ७०१ इलेक्ट्रिक सवारी साधन भित्रिएको भन्सार विभागले जनाएको छ। तीमध्ये ८ हजार ६५ ईभी चीनबाट भित्रिएका थिए।

विश्‍वमै उच्च जनसंख्या भएको भारत ईभीका लागि व्यापक सम्भावना भएको विशाल बजार बन्‍न सक्ने विज्ञहरू बताउँछन्। ईयूमा भन्सार कर बढेपछि चिनियाँ ईभी निर्माताहरू भारत पस्ने उनीहरूको आकलन छ। भारतमा दुई चिनियाँ ईभी कम्पनीहरू भित्रिएका छन्। बीवाईडीले चीनबाट ईभी आयात गर्छ भने एमजी मोटर्सले भारतमै उत्पादन थालेको छ।

भारतमा गत वर्ष बिक्री भएकामध्ये अन्य सवारीभन्दा ईभीको व्यापार दोब्बरले बढेको इकोनोमिक टाइम्सले जनाएको छ। भारतको व्यापार विभागले ईभीमा लगाएको उच्च आयात करका कारण भारतको कार बजार सुरक्षित रहेको बताएको छ। नयाँ ईभी नीतिले चिनियाँ निर्माताहरूलाई आकर्षित गर्ने तर उनीहरूले दीर्घकालीन प्रतिबद्धताहरू गर्नुपर्ने इकोनोमिक टाइम्सले जनाएको छ।

भारत सरकारले चिनियाँ ईभीको विस्तारमा बाधा पुर्‍याउने नीति अबलम्बन गरेको छ। कडा नियम ल्याएर बीवाईडीको बजार विस्तारमा अवरोध गरिरहेको छ।

एमजी मोटर्सको ५१ प्रतिशत सेयर भारतीय कम्पनी जेएसडब्लूको स्वामित्वमा पुगेको छ। भारतीयमै पनि टाटा मोटर्स, जेबीएम अटो, महिन्द्रा, अशोक लेल्यान्डलगायत ईभी निर्माताहरू सक्रिय छन्। उनीहरूको प्रबर्द्धनका लागि भारतले चिनियाँ ईभीमाथि कडा नियम लागू गरेको इकोनोमिक टाइम्सले जनाएको छ।

पाकिस्तानमा चिनियाँ ईभी जायन्ट बीवाईडी भित्रिएको छ। ईभीका लागि पर्याप्त पूर्वाधार अभावले बजार विस्तारमा समस्या झेलिरहेको बीवाईडीले पाकिस्तानमै कारखाना खोल्ने घोषणा गरेको छ। पाकिस्तानको कारखानाबाट सन् २०२६ भित्रै उत्पादन थाल्ने बीवाईडीको तयारी छ। यस्तै, बंगलादेश र श्रीलंकामा पनि बीवाईडीले आक्रामक रूपमा बजार विस्तार गरिरहेको छ।

मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.