काठमाडौं- व्रत बसेको समयमा दैनिक खानेकुराहरू खानामा समावेश हुँदैन । जसले गर्दा शरीर अस्वस्थ तथा कमजोर हुन्छ । व्रत बस्दा पनि शरीर अन्य दिनझैं ऊर्जाशील हुन जरुरी छ । त्यसको लागि तपाईंले शरीरलाई पोषण दिने खाना खानुपर्छ ।
Advertisement
खानुहोस् यस्ता खानेकुरा
व्रतमा शरीर ऊर्जाशील बनाउनका लागि दूध पिउनु पर्छ । दूधमा प्रोटिन पाइने हुँदा कमजोरी महसुस भने हुँदैन ।
फलफूलको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले व्रत बसेको समयमा अझ शरीरमा उर्जा दिन्छ । फलफूललाई तपाई जुस बनाएर पनि सेवन गर्न सकिन्छ ।
दिनभर नुन नखाँदा शरीर कमजोर भइरहेको हुन्छ । यस्तोमा बेलुकीको खाना पेटलाई आड दिने हुनुपर्छ । तपाई बेलुका आलु र गहुँको रोटी खान सक्नुहुन्छ । आलुमा पाइने प्रोटिनले पेट आडिलो बनाउँछ ।
व्रतमा शरीर ‘हाइड्रेटेड’ हुन जरुरी छ । त्यसैले व्रत बस्दा पानी खाइरहनु पर्छ ।