Advertisement
काठमाडौं- पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर जम्मा ४ हजार ६६८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८१९ पिसीआर परीक्षण गर्दा ७ र १ हजार ८४९ नमुना एन्टिजेन परीक्षण गर्दा शून्य संख्यामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा २५ जना संक्रमणमुक्त भएका छन्। त्यसैगरी, संक्रमणको कारणले मृत्यु हुनेको संख्या शून्य छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७४७ छ। तीमध्ये ७१७ होम आइसोलेसनमा र ३० जना संस्थागत आइसोलेसनमा छन्। यससँगै, संस्थागत आइसोलेसनमा रहेकामध्ये ११ जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचारत छन्।