नयाँदिल्ली- यदि तपाईंलाई दिनको शुरुवात कसरी गर्नुभयो भनेर सोधियो भने सबैको अलग-अलग जवाफ आउँछ।
कसैले बिहान उठ्न लगाइएको अलार्म बजेपछि त्यसलाई बन्द गरेर फेरि एक झप्की लिन रुचि गर्छन्। कसैका आँखा बेड-टीका साथमा खुल्छन्। कोही सबैभन्दा पहिले हातमा मोबाइल लिन्छन् अनि समय र म्यासेज चेक गर्छन्। कोही भने मोबाइल हात लाग्नासाथ कुनै खबर या रिल्स हेर्न थालिहाल्छन्।
इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी)का अनुसार ८० प्रतिशत मानिस निन्द्राबाट जागेको १५ मिनटभित्र आफ्नो फोन चेक गर्छन्। यस्तै, ६२ प्रतिशत मानिस आँखा खुल्नासाथ पहिले मोबाइल हातमा लिन्छन्। रिसर्चका अनुसार अधिकांश मानिस टेक्सटिङ, ईमेल र सामाजिक सञ्जाल चेक गर्नमा बिताउँछन्।
जब कि, राम्रो दिनको शुरुवात राम्रो बिहानीका साथ गर्नुपर्छ। राम्रो बिहानीबाट दिनको शुरुवात भयो भने राम्रा आदत पनि बस्छन्। राम्रो आदत अर्थात एक अनुशासित जीवनशैली।
त्यसबाट मानिसको मानसिक र शारीरिक स्वास्थ्य दुवै स्वस्थ रहन्छन्। तथापि, साह्र कम मानिसले राम्रा आदतहरूका साथमा दिनको शुरुवात गर्छन्।
यी आदतबाट शुरु गरौं दिन
– सबैभन्दा पहिले मोबाइल हेर्ने आदतलाई भनौं ‘नो’
– बिहान उठेर सबैभन्दा पहिले एक गिलास मनतातो पानी पिऊँ
– बिहानको थोरै समय कोठा बाहिर निस्केर सूर्यको किरणसँग बिताऊँ
– बिहान-बिहानै कुनै नकारात्मक कुरा, समाचार, खबर नदेखौं, नहेरौं
– बिहान उठ्नासाथ टेलिभिजन खोलिहाल्ने बानी पनि अस्वस्थकर हो
– सम्भव भएसम्म बिहान कुनै राग या मनलाई शान्ति दिने संगीत सुनौं
– हल्का-फुल्का वर्कआउट या शारीरिक अभ्यास गरौं
– बिहानको नास्ता कहिल्यै नबिर्सौं र स्वस्थ ब्रेकफास्ट गरौं
– आफ्नो सोचलाई सकारात्मक राखौं
– अलार्म बन्द गरेर फेरि नसुतौं