नयाँदिल्ली- थालेसिमिया यस्तो बिमारी हो, जसले शरीरमा हेमोग्लोबिन र स्वस्थ रातो रक्तकोशिका उत्पादन क्षमता बिगारिदिन्छ। यो एक वंशाणुगत ब्लड डिसअर्डर हो।
हेमोग्लोबिनले पूरा शरीरमा अक्सिजन पुर्याउने काम गर्छ। त्यही प्रोटिन कम भयो भने शरीरमा अक्सिजन फैलिन पाउँदैन। र, कोशिकाहरूले पर्याप्त पोषण पाउँदैनन्।
यस्तै, राता रक्तकोश बन्न पाएनन् भने शरीरमा रक्तअल्पता (एनिमिया) हुन्छ। ती दुवै अवस्था प्राण घातक पनि हुन सक्छन्।
थालेसिमियाका लक्षण
– हड्डीको आकारमा विकृति
– गाढा रंगको पिसाब आउनु
– श्वासप्रश्वासमा समस्या
– ज्यादा जाडो महशुस हुनु
– छालामा पहेंलोपन ज्यादा देखिनु
– अत्यधिक थकान र कमजोरी महशुस हुनु
– शारीरिक र मानसिक विकासका ढिलाइ
– रिंगटा लागिरहनु
थालेसिमियाका प्रकार
– बिटा थालेसिमिया
– अल्फा थालेसिमिया
– थालेसिमिया माइनर
कसलाई हुन सक्छ ?
क्लिभल्यान्ड क्लिनिकका अनुसार यदि माता-पितामध्ये कुनै एकलाई थालेसिमिया छ भने बच्चामा माइनर थालेसिमिया देखिन्छ। र, बाबु-आमा दुवैमा थालेसिमिया छ भने बच्चामा मेजर थालेसिमिया हुन सक्छ। त्यसैले बेबी प्लानिङअघि माता-पिताले आफूमा थालेसिमिया छ कि छैन भनेर जाँच गराउनुपर्ने चिकित्सकहरू बताउँछन्।
माइनर थालेसिमियाको कुनै उपचार पद्धति आवश्यक छैन। जीवनशैलीमा परिवर्तन गरेर पनि यसबाट पार पाउन सकिन्छ। एनिमियाको हल्का लक्षण देखियो भने फोलिक एसिड सिरप सेवन गर्दा स्वस्थ रक्त कोशिका उत्पादनमा मद्दत पुग्छ।
मेजर थालेसिमियाका लागि भने ब्लड ट्रान्सफ्युजन र आइरन क्यालेसनमार्फत उपचार गर्न सकिन्छ। मध्यम र गम्भीर प्रकारको थालेसिमिया छ भने हरेक ४ महिनामा तथा बिटा थालेसिमिया मेजरका लागि २ देखि ४ साताा ब्लड ट्रान्सफ्युजन आवश्यक हुन्छ।
धेरै गम्भीर अवस्थाको थालेसिमियाको उपचारका लागि बोनम्यारो ट्रान्सप्लान्ट र स्टेमलेस सेल ट्रान्सप्लान्ट गर्न सकिन्छ। त्यसैले बेबी प्लान गर्दै गरेका बाबु-आमाले आफूमा थालेसिमिया भए-नभएको जाँच गराउनु अत्यावश्यक छ।