• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

किन खस्छ पाठेघर, कसरी जोगिने ?


    Avatar photo
आइतबार, साउन २७, २०८१ मा प्रकाशित

काठमाडौ- विश्‍वव्यापी रूपमै महिलामा पाठेघर खस्‍ने समस्या बढ्दो छ। नेपालजस्ता अल्पविकसित तथा गरिब मुलुकका महिलामा पाठेघर खस्‍ने समस्या अझ बढी छ।

Advertisement

पाठेघरलाई अरू तन्तुहरूले जोडेर राखेको हुन्छ। सपोर्ट कम भएपछि लुज भएर पाठेघर ठाउँ छोडेर योनी हुँदै बाहिर निस्कन्छ, जसलाई पाठेघर (आङ) खस्‍नु भनिन्छ।

बच्चालाई जन्म दिइसकेका महिलाहरूमा बलको काम गर्दा र खोक्दा पनि पाठेघर बाहिर निस्कन्छ। तर, केही महिलामा विस्तारै पाठेघर योनी बाहिरै बस्‍न सक्छ। बाहिर निस्केको पाठेघरले पिसाब थैली र दिसाको भागलाई क्र्याक गरेर धेरैजसो सँगै बाहिर निकाल्छ, जसलाई पाठेघर खस्‍ने समस्या भनिन्छ।

अन्य रोगजस्तै बाहिर निस्केको पाठेघरमा इन्फेक्सन हुँदैन। र, ट्युमर पलाउँदैन। त्यसकारण यसलाई रोग भन्दा पनि महिलाहरूमा देखिने समस्याका रूपमा बुझ्न सकिन्छ। पाठेघर खस्‍ने समस्या धेरैजसो बच्चालाई जन्म दिने समयमा हुन्छ। पाठेघर खस्‍नु रोग नभए पनि यसले महिलाको दैनिक जीवनमा भने निकै समस्या निम्त्याइरहेको हुन्छ।

पाठेघर खसेको महिलालाई हिँड्दा, भर्‍याङ चढ्दा, गह्रौं बस्तु उठाउँदा गाह्रो हुनुका साथै योनीमा पोका झुण्डिएझैं महशुस हुन्छ। पिसाब थैलीलाई पनि तल ड्र्याक गरेको छ भने पिसाब राम्रोसँग नहुने वा कहिलेकाहीं दिसा-पिसाब नै रोकिने, यौन सम्बन्ध राख्दा असहज हुने गर्छ।

नेपालको सन्दर्भमा ४०-४५ वर्षपछिका महिलामा यो समस्या बढी देखिन्छ। यो उमेरसम्म आइपुग्दा महिलाहरूले बच्चा पाइसकेर धेरै गाह्रो र गह्रौं काम, उकालो-ओरालो गरिसकेका हुन्छन्। जब ४५-५० वर्षमा महिनावारी रोकिन्छ, तब हर्मोन अभावमा शरीरका अंगहरू खुकुलो हुन थाल्छन्। र, पाठेघर बाहिर निस्कने लक्षणहरू बढ्न थाल्छन्। त्यसकारण ४५ वर्षमाथिका धेरै महिला पाठेघर खस्‍ने समस्या लिएर अस्पताल आइपुग्छन्।

केही महिला त्यसभन्दा पछि पनि उपचारका लागि अस्पताल आउँछन्। बीसौं वर्षदेखि लाजसरमले समस्या लुकाएर बसेका महिलाहरू जटिलता बढ्दै गएपछि मात्र उपचार गर्न आउँछन्। अर्थात्, समस्या देखिन थालेको धेरै समयपछि मात्र अस्पताल आउने आम प्रवृत्ति छ।

प्राकृतिक रूपमा निश्‍चित ठाउँमा रहनुपर्ने पाठेघर पाठेघर गलत ठाउँमा निस्कियो भने दिसा-पिसाब गर्न गाह्रो हुने, अड्किने, घाउ भएर रगत आउने, पानी बग्‍ने, सुक्खा हुने, फुलेर बाहिर बस्यो भने भित्र पठाउन नसकिनेजस्ता जटिलता आउँछन्। तर, पाठेघर खसेकै कारण कुनै महिलाको ज्यान जाँदैन।

पाठेघर खस्‍ने समस्या शहरीयाभन्दा गाउँका र गाउँमा पनि पहाडका महिलामा बढी देखिन्छ। पहाडका महिलाहरूले पानी लिन टाढा-टाढासम्म उकालो-ओरालो गर्नुपर्छ। त्यसमाथि छिटोछिटो धेरै बच्चा जन्माएका महिलाहरूले आवश्यकताअनुसार सुत्केरी स्याहार नपाउँदा पाठेघर खस्छ।

कारणहरू

पाठेघर खस्‍नुका विभिन्‍न कारण छन्। तीमध्ये प्रमुख कारण धेरै बच्चा जन्माउनु हो। ९०-९५ प्रतिशत महिलामा पाठेघर खस्‍नुको कारण नै बढी बच्चा जन्माउनु मानिन्छ। बढी तौलको शिशु जन्मिँदा होस् या डेढ-दुई वर्षको अन्तरमै धेरै बच्चालाई जन्म दियो भने पनि महिलाहरूमा पाठेघर खस्‍ने समस्या देखापर्न थाल्छ।

त्यसैले सुत्केरी अवस्थाका महिलाले गह्रौं काम गर्नु हुँदैन। तर, कतिपय परिवारमा सुत्केरी महिलाले नै पानी बोक्नुपर्छ, खाना बनाउनुपर्छ। सुत्केरी अवस्थाकी महिलाले गह्रांैं काम गर्न थालिन् भने पाठेघर खस्‍ने समस्या हुन सक्छ। बच्चा नै नजन्माएका ५ प्रतिशत महिलाहरूमा कहिलेकाहीं पाठेघरको जन्मजात असामान्यता भएर पनि पाठेघर खस्‍न सक्छ। यस्तो निकै कम हुन्छ।

उपचार

पाठेघर खस्‍ने समस्या हुन नदिन सर्वप्रथम गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुरक्षित रूपमा बच्चालाई जन्म दिनुपर्छ। त्यतिले मात्र पुग्दैन, सुत्केरी अवस्थामा राम्रो स्याहार-सुसार र पोषणयुक्त खानपान पाउन पनि त्यतिकै जरुरी छ।

यस्ता कुरामा ध्यान दिन सकियो भने केही हदसम्म पाठेघर खस्‍ने समस्याबाट जोगिन सकिन्छ। तर, कतिपय महिलाको हकमा सुत्केरी अवस्थामा जतिसुकै स्याहार-सुसार पाए पनि कमजोर टिस्युजकै कारण पाठेघर खस्छ। यस्तो अवस्थामा थेरापीका माध्यमबाट केही मात्रामा नियन्त्रण गर्न सकिन्छ।

पाठेघर खसी नै सकेको छ भने औषधि खाएर निको हुने समस्या होइन यो। त्यसको निदानका लागि शल्यक्रिया नै गर्नुपर्छ। अहिले ल्याप्रोस्कोपी अप्रेसन गरेर बाहिर निस्किएको पाठेघरलाई माथि तान्‍न पनि मिल्छ।

पाठेघर खसेको उपचार पनि उमेर अनि समस्याअनुसार फरक पर्छ। ५५ वर्ष उमेरका महिलामा पाठेघर खस्‍ने समस्या छ भने एक किसिमको उपचार हुन्छ भने ३०-३५ वर्षको महिलामा अर्को किसिमको। उपचार भने सर्जिकल माध्यमबाटै गर्नुपर्छ।

पाठेघर खसेको छ भने पाठेघर नै झिकेर खसेको भागलाई अप्रेसनमार्फत काटेर मिलाइन्छ। तर, पाठेघर झिक्न नमिल्ने अवस्थामा माथि तानेर प्राकृतिक ठाउँमै राख्‍न मिल्छ।

यो महिलाहरूमा देखिने सामान्य समस्या हो। र, बच्चा जन्माउने क्रममा देखिन्छ। हेर्दा ठूलो समस्या नभए पनि महिलाहरूको दैनिकीलाई जटिलतातिर धकेल्ने भएकाले यसलाई समयमै उपचार गराउन आवश्यक छ। सरकारले पनि प्राथमिकतामा राखी स्वास्थ्य शिविरमार्फत पाठेघर खसेका महिलाहरूको शल्यक्रियामार्फत उपचार गर्दै आएको छ। तर, ‘रोग लाग्‍नुभन्दा लाग्‍नै नदिनु वेश’ भनेझैं पाठेघर खसेर शल्यक्रियापछि निको हुनुभन्दा समस्या नै हुन नदिनु उत्तम हो।

(बी एन्ड बी अस्पतालकी कन्सल्ट्यान्ट अब्सट्रेटिसियन एन्ड गाइनोकोलोजी डा. कार्कीसँग कुराकानीमा आधारित)

आइतबार, साउन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.