काठमाडौँ । बालिका बलात्कार गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका १ का ४८ वर्षीय कोशलबहादुर हिस्की रहेका छन् ।
Advertisement
१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले हिस्कीलाई प्रहरीले पक्राउ गरेको हो । चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।