• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

तीज गीत किन विवादित ?


बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

रामबहादुर थापा/गण्डकी– राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गत आइतबार गर्‍यो। तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको उसको ठहर छ। तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले बुधबार विज्ञप्तिमार्फत माफी माग्नुपर्‍यो।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी उनले आगामी दिनमा शब्द र सङ्गीत छनोट गरेर गाउने प्रतिवद्धता समेत व्यक्त गरिन्। विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन्। यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भयो। यसवर्ष पनि दर्जन बढी त्यस प्रकृतिका गीत विवादित बनेका छन्। तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीतका मर्मत चिन्तित छन्। पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरूको बुझाइ छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापामगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरूले तीज गीतलाई पनि विकृत पारेको बताइन्। “नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ”, उनले भनिन्, “सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरू लागि परेका छन्।” अध्यक्ष थापामगरले कहिल्यै नाम नसुनेका निर्देशकले तीज गीतका नाममा अश्लील र भड्किला गीत तथा दृश्य सामग्रीको निर्देशन गरिरहेको बताइन्।

“मौलिक तीज गीतको मर्म पछ्याएर सिर्जना गरिरहनुभएका थुप्रै कलाकारहरू हुनुहुन्छ, अहिले पनि उहाँहरूका गीत सार्वजनिक भइरहेका छन्”, उनले भनिन्, “तर ती गीतको खासै चर्चा छैन, युट्युबमा भ्यूज पनि कम छ।” लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न आफूहरूले पहल गरेपनि स्वयं सर्जक/कलाकारले स्वनियन्त्रण गर्न सके मात्र मौलिकताको जर्गेना हुने उनले बताइन्। उच्छृङ्खल गीत र तिनका चल दृश्यलाई समाजले पनि नकार्नुपर्ने अध्यक्ष थापामगरले बताइन्।

तीज गीत महिलाले मात्र गाइने भनेर चिनिए पछिल्लो समय पुरुषले पनि तीज गीत गाउन थालेका छन्। लोकगायक वसन्त थापाले तीज गीतमा अभद्र खालका शब्द र प्रस्तुति हुनु दुःखद् रहेको बताए। उनले सर्जकले तीज गीतको परम्परा र मौलिकतालाई आत्मसात गर्नुपर्ने बताए। “पछिल्लो समय तीज पनि दोहोरी जस्तो हुन थालिसकेको छ, सस्तो चर्चाका लागि मात्र तीज गीत सार्वजनिक गर्नुहुँदैन”, उनले भने, “तीज गीत विषयपरक गीत हो, यो हाम्रो सांस्कृतिक पर्व तीजसँग जोडिएको छ, यसको मर्मलाई मर्न दिनुहुँदैन।”

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले पछिल्लो समय तीज गीतको विषयवस्तु र शैली भड्किलो बनेको बताए। मौलिक संस्कृतिसँग जोडिएको तीज गीतको जगेर्ना र संरक्षणमा गर्नुपर्नेमा नयाँ पुस्ता उल्टै बिगार्नतर्फ लागेको उनको भनाइ छ। “तीज गीतको विधान खल्बलिँदै गएको छ, यसको मूल मर्म भत्किसकेको छ”, कोइरालाले भने, “तीज पर्व मान्नै शैली पनि बदलियो, आधुनिकताको मारमा हाम्रो मौलिक संस्कृति परिरहेको छ।”

तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा तीजको गीतले घटना खोज्ने लोकगायिका कोइरालाको तर्क छ। तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेकोप्रति उनको गुनासो छ। “तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्दछ,” उनले भने।

कोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गरे। लोकगायिका कोइराला पहिलेका तीज गीत सम्झँदै भने, “महिलाका कुण्ठित सिर्जना बाहिर आउँथे, तीजका गीतले समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तर अहिले त्यस्तो छैन सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ।”

उहाँका अनुसार पहिलेपहिले महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउन गर्थे। अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उनको भनाइ छ। पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको पाइन्छ। तीज गीतमा विशेष गरि नारी मुक्तिको आवाज मुखरित हुने गर्थ्यो।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको सङ्गीतकर्मीहरु बताउँछन्। तीज गीतमा प्रयोग हुने माइतीघर र कर्मघरको बिम्व हराइसकेको छ। युवायुवतीबीच हुने प्रेमको हलुका विषयले तीज गीतमा ठाउँ लिएको छ।

‘भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरि लै
लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइदिए आमा बरिलै…।’

अब के यस्ता तीज गीतको युग सकिएकै हो त?

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

भर्खरै

  • १.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • २.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ३.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ४.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ५.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ६.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ७.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ८.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.