• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

कुन हुन् नेपालमा देखिने मुख्य क्यान्सर ?


    Avatar photo
शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

काठमाडौं- अंगविशेषका कोषहरू अनियन्त्रित वृद्धि भएपछि ट्युमर पलाउँछ। ट्युमर जटिल र सामान्य गरी दुई प्रकारको हुन्छ।

Advertisement

जटिल प्रकारको ट्युमरको समयमै उपचार नगराएमा मानिसको मृत्युसम्म हुन्छ। रगत र लिम्फको माध्यमबाट क्यान्सर शरीरको एक कोषबाट अर्को तन्तुको कोषमा फैलिन्छ। क्यान्सर नसर्ने प्रकारको रोग हो, जुन सबै उमेर समूहलाई लाग्‍न सक्छ। यसको लक्षण शरीरको जुनसुकै अंगमा देखिन सक्छ।

हाम्रो शरीर दुई सयभन्दा बढी प्रकारका स-साना कोष र कोषिका मिलेर बनेको हुन्छ। यसमा कोषिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि भएर फैलिन्छ र अरू स्वस्थ कोषिकालाई क्षति पुर्‍याउँछ। विश्‍व स्वास्थ्य संगठनका अनुसार विश्‍वमा बर्सेनि करिब एक करोड २० लाख नयाँ क्यान्सर रोगी देखिन्छन्। र, बर्सेनि ७५ लाख क्यान्सर पीडितको मृत्यु हुन्छ।

क्यान्सर कहिल्यै निको नहुने रोग हो भन्‍ने यथार्थ होइन। अरू रोगजस्तै समयमै पहिचान गरी उपचार गराएमा क्यान्सर निको हुन्छ। त्यसका लागि नियमित रूपमा चिकित्सकको परामर्श लिनुपर्छ। शुरुमै उपचार गरेमा क्यान्सर पूर्ण निको हुन्छ।

९० प्रतिशत क्यान्सर रोगी अन्तिम चरणमा मात्र अस्पताल पुग्‍नु नै मुख्य समस्या हो। अव्यवस्थित जीवनशैली, अत्यधिक वातावरण प्रदुषण र तनावका कारणले क्यान्सर लाग्‍ने गर्छ।

नेपालमा देखिने मुख्य क्यान्सर

(१) फोक्सोको क्यान्सर

यसको दर विश्‍वमै बढी मात्रामा छ। सानैदेखि अधिक धुम्रपान गर्ने महिला-पुरुष दुवैलाई फोक्सोको क्यान्सर हुन सक्छ। कलकारखाना, सडक र सवारी साधनको धुँवाधुलो तथा वातावरणमा रहेका दुषित कणहरू पनि फोक्सोको क्यान्सरका कारक हुन्।

लक्षण

खोक्दा रगत आउने, खोकी लाग्‍ने, खाना खान मन नलाग्‍ने, तौल घट्ने, छाती दुख्‍ने, श्‍वासप्रश्‍वासमा समस्या देखिएमा तुरून्तै परीक्षण गराउनुपर्छ।

उपचार

फोक्सोको क्यान्सरलाई चार चरणमा विभाजन गरिएको छ। पहिलो र दोस्रो चरणमा क्यान्सर सानो आकारको हुन्छ र धेरै ‘ग्लान्ड’मा फैलिएको हुँदैन। यी चरणमा क्यान्सरलाई शल्यक्रियाद्वारा फोक्सोबाट ट्युमर काटेर फाली पूर्ण रूपमा निको बनाउन सकिन्छ।

शल्यक्रिया सम्भव नभएमा रेडियोथेरापीबाट उपचार गरिन्छ। तर, यस विधिबाट उपचार गर्दा क्यान्सरबाट पूर्णतया छुटकारा पाइने सम्भावना कम हुन्छ।

तेस्रो चरणमा पनि केही बिरामीलाई शल्यक्रिया सम्भव हुन सक्छ। तर, अधिकांश बिरामीलाई केमोथेरापी र रेडियोथेरापीद्वारा उपचार गरिन्छ। चौथो चरणको क्यान्सर निको पार्न सकिने सम्भावना नभएकाले लाक्षणिक उपचार र केमोथेरापी गरिन्छ।

(२) स्तन क्यान्सर

स्तनका कोषमा अनियन्त्रित वृद्धि भई गिर्खा, गाँठागुँठी र निको नहुने घाउ बन्‍ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ। स्तन क्यान्सर हुँदा प्रायः काखीको छेउमा गिर्खा र गाँठा आउँछन्। स्तन र यसको वरिपरि कुनै किसिमका गाँठा वा गिर्खा छन् र छाम्दा दुख्दैन भने यो स्तन क्यान्सरको लक्षण हुन सक्छ ।

कारण

दूध खुवाउने महिलाले बच्चालाई दूध नखुवाएमा, महिनावारीमा गडबडी, हर्मोनमा गडबडी, मोटोपन बढी भएमा, शारीरिक क्रियाकलाप कम गर्नाले, मद्यपान र धूम्रपान, धेरै तातो चिया-कफीको प्रयोग, बच्चा नभएका महिला, ढिलो विवाह गर्नाले र बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ।

उपचार

यसको उपचार क्यान्सरको चरण, आकार, उमेर, हर्मोनको अवस्था, महिनावारी सुकेपछि वा अघि आदि अवस्थाका आधारमा हुन्छ। शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी र टार्गेटेड थेरापी यसका उपचार विधि हुन्। शुरुवाती अवस्थामा उपचार गरेमा स्तन क्यान्सर पूर्ण रूपमा निको हुन्छ।

शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.