– बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने। नुहाएपछि नरिवलको तेल लगाउने। अनुहार धोएपछि मोस्चराइजर लगाउने।
Advertisement
– हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने। छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने। नियमित मोस्चराइजर लगाउने। जेल बेस मोस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने।
– सुक्खा छाला छ भने क्रिम बेसमा मोस्चराइजर प्रयोग गर्ने।
– गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने। मनतातो पानी प्रयोग गर्ने।
– छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने।
– राति सुत्ने बेला मुख धोएर सधैं मोस्चराइजर लगाउने।
– मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुशी रहने। नियमित व्यायाम गर्ने। व्यायामले पसिनामार्फत शरीरका विकार बाहिर निकाल्छ। शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ।
– खानपानमा विशेष ध्यान दिने। फलफूल खाने, पर्याप्त पानी पिउने।