काठमाडौँ । नेपालगञ्जमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको सिमकोट गाउँपालिका २ ठेहे घर भएका ७० वर्षीय वीरबली भण्डारी रहेको प्रहरीले जनाएको छ ।
Advertisement
कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ क ६५७ नम्बरको टिपरले भण्डारीलाई ठक्कर दिएको थियो ।
भण्डारीको मृत्युपछि मृतकका आफन्तले धर्ना दिएका छन् । मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको छ ।