काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू न्याय खोज्दै अदातल जाने भएका छन् । तीन जना डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकामा असन्तुष्ट डिआईजी आज अदालत जाने भएका हुन् ।
Advertisement
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गत चैत १ गते डीआईजीहरू बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।
नेपाल प्रहरी ऐन, ०७१ को दफा ४२ मा बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र पुनरावलोकन समितिउपर उजुरी गर्न सकिने प्रावधान राखिएको छ । सोहीअनुसार असन्तुष्ट डीआईजीहरूले लोक सेवा आयोगमा उजुरी दिएका थिए ।