सुनसरी । जिल्लाको इटहरी बजारमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । सोमबार राति इटहरी उपमहानगरपालिका २ को नवजागृति टोलमा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
Advertisement
प्रहरीका अनुसार बम विष्फोटमा परी इटहरी उपमहानगरपालिका २ २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । थापाको डेरामा बम विष्फोट भएको थियो ।
विष्फोटमा परी घाइते भएका थापाको विराटनर आँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।