काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँमा सबैभन्दा बढी राजनीतिक दल दर्ता भएको छ । यस्तै, मनाङ, मुस्ताङ, डोल्पामा सबैभन्दा कम दल दर्ता भएका छन् ।
Advertisement
निर्वाचन आयोगका अनुसार काठमाडौँमा ४० दल दर्ता गरिरहँदा मनाङ, मुस्ताङ र डोल्पामा भने ५–५ दल मात्रै चुनावी मैदानमा जाने भएका छन् ।
यस्तै, सबैभन्दा कम दल दर्ता हुने अन्य जिल्लाहरूमा सल्यान, बझाङ, रोल्पा, रुकुम पश्चिम, जाजरकोट ७–७, पाँचथर, जुम्ला, दैलेखमा ८–८, ताप्लेजुङ, डोटी, तेह्रथुम, पाल्पा, प्युठान, मुगु, हुम्ला र बाजुरामा ९–९ वटा दलले निर्वाचनमा भाग लिने गरी दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।