काठमाडौँको गौशालामा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय एक पुरुष रहेको प्रहरीले जनाएको छ ।
Advertisement
चाबहिलबाट सिनामंगलतर्फ आउँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
घाइते भएका पुरुषको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।