नतहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको छ । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तीन हजार ४१८ को आवेदन परेको छ । ती मध्ये एक हजार २९२ म्यादी प्रहरी छनोट गरिनेछ । चालिस दिनका लागि काम गर्ने इच्छासहित प्रहरी कार्यालयमा फारम भर्न उपस्थित युवायुवतीको आकर्षण देखिएको हो ।
‘म्यादी प्रहरीका लागि आवश्यक सङ्ख्याभन्दा धेरैको आवेदन परेको छ, त्यसो हुँदा छनोट विधिमार्फत म्यादी प्रहरी भर्ना गरिनेछ,’ उनले भने । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ । उमेरहद खुकुलो भएका कारण अधिकांश भूपू प्रहरी र भूपू सैनिकले पनि फारम भरेका छन् ।
छनोट प्रक्रिया आगामी १५ गतेदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।