मेष- परिश्रमअनुसार उपलब्धी पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। मन शान्त रहनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला।
वृष- खर्च गर्दा होश पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवारमा समस्या आउन सक्छ। समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजग रहनु होला।
मिथुन- आज धनलाभको योग छ। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्ने छ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछन्, दिन रमाइलै छ।
कर्कट- आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको राम्रो सल्लाह आउने छ। आज धनलाभको योग छ। नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ।
सिंह- हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला।
कन्या- स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला। व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा सजग रहनु होला।
तुला- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्न सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला। मनमा केही द्विविधा पनि रहला।
वृश्चिक- कमाइ सोचेअनुरूप हुनेछ। पठन-पाठनमा पनि प्रगति हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला। खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला।
धनु- आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। दिन एकदमै राम्रो छ। कामहरू सजिलैसँग बन्नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ। पढाइमा पनि केही प्रगति हुने देखिन्छ।
मकर- अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होश पुर्याउनु होला। कसैसँग झगडा पनि हुन सक्छ। वादविवादको सामना गर्नुपर्ला। पेशागत समस्या देखिन सक्छ। घरपरिवारमा केही मनमुटाव होला।
कुम्भ- मनमा द्विविधा रहने दिन छ। सामाजिक काममा नाम रहने छ। व्यापार तथा जागिरमा दिन ठीकै छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। व्यापारमा पनि घाटा सहनु पर्ला।
मीन- चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। यात्राको पनि योग छ। वैवाहिक जीवन सुखी रहनेछ। घरमा पाहुनाले सताउलान्।