काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता एवं संघीय सांसद प्रमोद साह गम्भीर घाइते भएका छन् । दुई पक्षको झडपमा परी उनी घाइते भएका हुन् ।
Advertisement
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बययलबास बजारमा बाटो बनाउने क्रममा विवाद हुँदा झडप भएको थियो । सडक खण्ड विस्तार गर्ने क्रममा फूलजोड युवा क्लबको भवन भत्किएपछि विवाद सुरु भएको थियो ।
सोही क्रममा झडप हुँदा संघीय सांसद् साहको टाउकोमा ढुंगाले लागेको हो । उनको सोही ठाउँमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।