धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले अपहरणमा परेकी ४ वर्षीय बालिकाको उद्धार गरेको छ । सोही क्रममा पाँच जना अपहरणकारीलाई समेत पक्राउ गरिएको छ ।
Advertisement
पक्राउ पर्नेमा कमला नगरपालिका ८ का अभिषेक दाससहित चार जना रहेका छन् । अन्य चार जनाको नाम प्रहरीले गोप्य राखेको छ ।
जनकपुरधाम उपमहानगरपालिका १६ बाट बिहीबार ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि मण्डल बेपत्ता भएकी थिइन् । आफन्तले खोज्दा फेला नपरेपछि प्रहरीलाई जानकारी गराएको थियो ।
खोजका क्रममा विदेह नगरपालिका ८ बफैयबाट बालिकाको सफल उद्धार गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले बालिकाको आफन्तसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अनुसन्धानमा खुलेको छ ।
उनीहरुमाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ ।