चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा शुक्रबार अपराह्न काठमाडौं आइपुगेका छन्।
२५ सदस्यीय भ्रमण टोलीसहित उनी काठमाडौं आएका हुन्। उनी काठमाडौं बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा बसेका छन्। शुक्रबार साँझ काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरूसँग भेटेर नेपालको वस्तुस्थिति बुझ्ने प्रयास गर्ने स्रोतले जनाएको छ।
उनले शनिबार बिहान परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेट गर्ने तालिका छन्। त्यसअघि शनिबार बिहान उनलाई शिवपुरीमा हाइकिङ लैजाने सरकारी तयारी छ।
सोही दिन दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शिष्टाचार भेट गर्ने छन्। आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने तालिका छ।
विदेशमन्त्री वाङले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्नेछन्। उनी आइतबार साँझ नै स्वदेश फर्किने छन्।