काठमाडौं- युवामा मानसिक अस्वस्थता कति छ भन्नेबारे नेपालमा कुनै तथ्यांक छैन। यद्यपि, विश्वका २० प्रतिशत युवा मानसिक स्वास्थ्य समस्याको अवस्थामा रहेको आधारमा नेपालमा पनि सोही प्रतिशत प्रभावित भएको हुनसक्ने अनुमान गर्न सकिन्छ।
सन् २०१२ मा भएका विभिन्न अध्ययनको आधारमा ८५ देखि ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या निग्न र कम आय भएका देशका युवामा छ भने ५ प्रतिशत उच्च आय भएका देशका। अब जानौं युवामा मानसिक समस्याका कारण।
– वंशाणुगत, व्यक्तित्व र अभिभावकको उच्चआकांक्षाको स्तर
– रुचि र करिअर छनोटमा तालमेल नहुनु
– सामाजिक सांस्कृतिक गलत प्रतिस्पर्धा
– बालमनोविज्ञानको अभाव
– आमाबुवा र पारिवारिक झैझगडा
– वैवााहिक जीवन सोचेजस्तो नहुनु
– बेरोजगारी, वैदेशिक रोजगारी र पारिवारिक बिछोड
– आघातजन्य घटना, मानसिक समस्याप्रति लाञ्छना र भेदभाव
– रीतिरिवाज, धर्म, संस्कृति र परम्परा
– इन्टरनेट र लागूऔषधको दुरुपयोग
– आर्थिक संकट र दीर्घरोग
– संस्कार र युवा भावनाबीच मतभेद
– सञ्चार, फेसन र सिकाइ
– बसाइँसराइका कारण नयाँ वातावरणमा घुलमिल हुन गाह्रो हुनुलक्षण
– उदासी देखिने, बढी चिन्ता भएर रुने
– भोक र तौलमा परिवर्तनमा आउने
– रुचि र मन पर्ने गतिविधिमा कमी आउने
– ऊर्जामा कमी र ध्यानकेन्द्रित गर्न कठिनाइ
– अपराधी वा असहाय भावना आउने
– निन्द्रा वा सुत्ने बानीमा परिवर्तन आउने
– आत्महत्याको सोचाइ आउने
– स्कुलपछिका गतिविधि वा साथीहरूबाट टाढिने
– विद्यालयको पढाइ र प्रदर्शन बिग्रने
मानसिक स्वास्थ्य प्रबर्द्धनका अवरोध
– मानसिक स्वास्थ्यालाई कलंक मान्ने प्रवृत्ति
– मानसिक स्वास्थ्यबारे उचित जानकारीको अभाव
– अशिक्षा र गरिबी
– नेपालको ग्रामीण भेगमा ८० प्रतिशत जनसंख्या बसोबास गर्नु तर ती क्षेत्रमा मानसिक स्वास्थ्यको पहुँच नहुनु
– मानसिक स्वास्थ्यको बारेमा कक्षा ९-१०, ११-१२ का पाठ्यक्रममा आधारभूत जानकारी नगराइनु
– मानसिक स्वास्थ्य प्रबर्द्धनमा राज्यको उदासिनता
– मानसिक स्वास्थ्य र मनोविज्ञानका दक्ष जनशक्ति न्यून हुनु
– मनोवैज्ञानिक परीक्षण, मनोविमर्श सेवा र अनुसन्धानको अभाव
– उपयुक्त र पर्याप्त मात्रामा अध्ययन र अनुसन्धान सामग्रीको अभावमा तथ्यमा आधारित विधिको उपयोग नहुनु
समाधानका उपाय
– युवाको रुचिअनुसारका काममा संलग्न हुने खालको रोजगारी सिर्जना गर्न करिअर मनोविमर्शको व्यवस्थासहितको शैक्षिक व्यवस्थापन गर्नु पर्छ
– युवालाई आनन्द प्रदान गर्ने व्यवहारमा संलग्न हुनका लागि अनिवार्य रूपमा जीवनउपयोगी सीपको जानकारी गराउने
– युवासम्बन्धी संघसंस्थाले तालिमका कार्यक्रममा मानसिक स्वास्थ्यका कार्यक्रमलाई पनि अनिवार्य संलग्न गराउने
– वैदेशिक रोजगारीमा जाने युवालाई अनिवार्य सांस्कृतिक समायोजन, कार्यस्थल मानसिक स्वास्थ्यको अवधारणा र स्व-हेरचाहका विधिको तालिम सञ्चालन गर्ने
– अति तनावपूर्ण जीवनशैली भएका व्यवसाय जस्तै- स्वास्थ्य, उद्योग र कलकारखानामा संलग्न युवालाई लक्षित गरेर कार्यस्थल मानसिक स्वास्थ्यको सचेतना फैलाउने
– युवालाई वैवाहिक जीवनमा बाँधिनुपूर्व वैवाहिक मनोविमर्शमा लगेर अनिवार्य मनोशिक्षा प्रदान गर्ने
– युवालाई नै संलग्न गरेर युवा मानसिक स्वास्थ्य प्रबर्द्धनकर्ताको संयुक्त सञ्जाल निर्माण गरी अन्तर व्यवसायिक मानसिक स्वास्थ्यको जानकारी गराउने
– राज्यले आफ्ना मातहतका निकायका युवा कर्मचारीको मनोवैज्ञानिक परीक्षणको माध्यमबाट उनीहरूको अवस्थाको जानकारी लिई मानसिक स्वास्थ्यको बारेमा अनिवार्य रूपमा पाठ्यक्रममा व्यवस्था गर्ने
– मानसिक स्वास्थ्यसम्बन्धी निश्चित नीति र कार्यक्रम निर्माणको आवश्यकता