• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

ब्रिटिस महिलाले निन्द्रामै गरिन् सवा ४ लाखको सपिङ, के हो प्यारासोम्‍निया?


    Avatar photo
मङ्गलबार, असार ११, २०८१ मा प्रकाशित

नयाँदिल्ली- ब्रिटिस महिला केली नाइप्स दिनभरको कामबाट थाकेर सुतेकी थिइन्। बिहान उठेर उनले आफ्नो मोबाइल हेरिन्। उनको बैंक एकाउन्टबाट ३ हजार युरो अर्थात् ४ लाख २९ हजार नेपाली रुपैयाँ बराबर गायब भएको थियो।

Advertisement

उक्त रकम सपिङमा खर्च भएको थियो। जब कि, केली निन्द्रामा थिइन्। त्यसो भए उनको बैंक एकाउन्टबाट कसले सपिङ गर्‍यो त ? त्यसको जवाफ हो, उनी आफैंले सपिङ गरेकी थिइन्, त्यो पनि गहिरो निन्द्रामा।

खासमा, उनी दुर्लभ स्लिप डिसअर्डर ‘प्यारासोम्‍निया’बाट पीडित थिइन्। उक्त समस्या भएका व्यक्तिहरूले निन्द्रामा आफैंले नचाहेको हर्कत गर्छन्। र, त्यसबारे उनीहरू आफैंलाई जानकारी हुँदैन।

निन्द्रामा बडबडाउने, ओछ्यानमै दिसा, पिसाब गरिदिने, दाँत किटकिटाउनेजस्ता समस्या प्यारासोम्‍निया भएका व्यक्तिमा देखिन्छ।

अचानक बडबडाउन थाल्ने, उठेर बस्‍ने, भान्सामा पुगेर खानेकुरा खाने र ओछ्यानमै पिसाब फेर्नेजस्ता गतिविधि त्यसबाट पीडित व्यक्तिले गर्छन्। उनीहरूलाई त्यसबारे जानकारी नै हुँदैन। निदाएको केही मिनटपछि, राति जुनसुकै समयमा निन्द्रा खुल्दा, निन्द्रा खुलेको केही मिनटभित्र यस्तो व्यवहार गर्छन्।

प्यारासोम्‍निया ३ प्रकारका हुन्छन्। तिनका लक्षण पनि अलग-अलग हुन्छन्।

लक्षण

– राति सुत्‍न कठिनाइ
– निन्द्रा खुलेपछि कन्फ्युजन
– उठेर आफू कहाँ छु भनेर सम्झिने प्रयास गर्ने
– दिनभर थकित देखिनु
– शरीरमा अनौठा चोटका निशान
– सुतेको समयमा आफैंले नचाहने हर्कतहरू गर्नु

निन्द्राको दौरान हुने प्यारासोम्‍निया

– निन्द्रामा डरलाग्दा सपना देख्नु
– निन्द्रामै हिँडडुल गर्नु
– ओछ्यानमै दिसा, पिसाब गर्नु
– निन्द्रामा बारम्बार उठ्नु तर चेतना नहुनु

के केसम्म गर्छन् निन्द्रामा ?

– निन्द्रामै च्याट गर्नु
– निन्द्रामै सपिङ गर्नु
– यौनजन्य क्रियाकलाप गर्नु
– टाउको भयानक दुख्नु
– आफ्नै शरीरमा चोट पुर्‍याउनु
– निन्द्रामै गाडी चलाउनु
– निन्द्रामा घुर्नु

चिकित्सकहरूका अनुसार यस्तो समस्याबाट पीडित व्यक्तिले निन्द्रामै बालबालिकामाथि दुर्व्यवहार गर्छन्। कुनै ठूलो दुर्घटनामा पनि पर्न सक्छन्। त्यसैले यस्तो समस्या देखिएका व्यक्तिलाई तत्काल चिकित्सककहाँ पुर्‍याउनु जरुरी छ। अन्यथा उमेर बढेसँगै उनीहरूको समस्या पनि बढ्दै जान्छ। तर, समयमै चिकित्सककोमा पुर्‍याइयो भने यसको उपचार सम्भव छ।

(भास्कर डट कमबाट)

मङ्गलबार, असार ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.