काठमाडौँ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी)लाई १२ अर्ब ३० करोड रुपैयाँ पठाएको छ। निगमले पेट्रोलियम पदार्थ खरिद गरेवापत मार्च महिनाको दोस्रो किस्ता रकम बुझाएको हो।
Advertisement
निगमले यसपटक आफ्नै आम्दानीबाट आएको रकमले किस्ता बुझाएको हो। निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई रकम बुझाउँदै आएको छ।
यसअघि मार्च महिनाको पहिलो किस्तामा १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको थियो।