काठमाडौं- शरीरलाई तन्दुरुस्त राख्ने एक माध्यम हो, योग। योगको नाम सुन्नासाथ दिमागमा प्राणायाम, व्यायाम र लचिलो शरीरको तस्बिर घुम्न थाल्छ। तर, योग त्यतिमै सीमित छैन।
योगको अर्थ शरीरलाई मोड्नु, घुमाउनु, श्वास लिनु र छोड्नु मात्र होइन। योगले मानिसलाई त्यस्तो अवस्थामा पुर्याउँछ, जसबाट वास्तविकता अनुभूति हुन्छ।
जहिलेदेखि प्रकृति छ, त्यही बेलादेखि योग पनि रहेको आकलन गरिन्छ। तथापि, यसलाई ६ हजार वर्ष पुरानो पद्धति पनि मान्ने गरिएको छ। योग स्वस्थ जीवन जिउने एक कला र विज्ञान हो।
यी हुन् योगका फाइदा
– योगका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ
– योगले शरीरको तौललाई सन्तुलित राख्छ
– नियमित योग गर्ने मानिसको पाचनतन्त्र मजबुत हुन्छ
– योगका कारण मेटाबोलिजम बढ्छ
– नियमित योग गर्दा राम्रो निन्द्रा पर्छ
– नियमित योगले शरीरमा रक्तसञ्चार राम्रो रहिरहन्छ
मानसिक स्वास्थ्य मजबुत
– योगले तनावलाई टाढा भगाउँछ
– नियमित योग गर्नाले डिप्रेसनबाट मुक्ति मिल्छ
– नियमित योग गर्ने मानिसको मुड सधैं फ्रेस हुन्छ
– योगले एकाग्रता बढाउँछ
– नियमित योग गर्ने मानिसको याददास्त ताजा रहन्छ
– र, नियमित योगले मनमा शान्ति दिलाउँछ
शारीरिक रसायनमा योगको लाभ
– नियमित योग गर्ने मानिसको कोलेस्टेरोल कम हुन्छ
– योगले सोडियमको मात्रालाई नियन्त्रित राख्छ
– शरीरमा राता रक्तकोष बढाउन पनि योग सहयोगी हुन्छ
– नियमित योगले ग्लुकोजको स्तर नियन्त्रित राख्छ
– नियमित योगका कारण शरीरबाट विकारयुक्त वस्तुहरू बाहिर निकाल्न मद्दत पुग्छ