काठमाडौं- काठमाडौं महानगरपालिका–४ धुम्बराही चोकस्थित नबिन कुमार लामाको गण्डकी
दोहोरी साँझमा करेन्ट सर्ट भई आइतबार बिहान आगलागी हुँदा फर्निचर लगायतका विभिन्न सामानहरू जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
मोरङ, उर्लाबारी नगरपालिका–६ सिमाना बस्ती बस्ने हरि प्रसाद गजमेरको घरमा गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।