मनिष अर्याल
Advertisement
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ। निर्वाचन सम्पन्न गर्न देशभर एक लाख जना म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी रहेको छ।
यसका लागि सरकारले आइतबारदेखि देशभर म्यादी प्रहरीको भर्ना खुलाएको छ। यसका लागि हजारौँ युवाहरू म्यादी प्रहरीमा भर्ना हुने छनोटमा फर्म भर्दै छन्।

सरकारले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने भएको हो। यसका लागि तलब सुविधा सोहीअनुसार उपलब्ध हुने बताइएको छ।
म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ। म्यादी प्रहरी भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुन पर्दछ।






