• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

श्रमाधान राेजगार मेलाको उदघाटन : सुदूरपश्चिममा दुईहजार बढीलाई राेजगारीकाे अवसर


आइतबार, जेठ २७, २०८१ मा प्रकाशित

कैलाली । कैलालीको धनगढी स्थित ओम प्यालेसमा आज र भोलि हुने दुईदिने श्रमाधान राेजगार मेलाको उदघाटन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले पुर्वको कोशीबाट शुरु गरेको श्रमाधान मेला यहि जेठ २७ र २८ गते धनगढीमा संचालन हुदैछ ।

Advertisement

श्रमाधान मेलाको उदघाटन गर्दै मन्त्री भण्डारीले यस्ता कार्यक्रमले प्रत्यक्ष रोजगारीको शृजना हुने बताए । उनले श्रमाधान मेलाले रोजगारीको खोजिमा रहेकाहरु र कामदारको खोजीमा रहेकाहरुको रोजगारदाताहरुसंग प्रत्यक्ष सम्पर्क हुनेहुदा धेरै भन्दा धेरैजनाले सोझै रोजगार पाउने बताए ।

त्यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफुले काठमाडौ जादा त्यहा काठमाडौ महानगरपालिकाले टुडिखेलमा आयोजना गरेको रोजगार मेलाको अवलोकन गरेको बताउदै यस्तै मेला धनगढीमा समेत आयोजना गर्न आग्रह गरेको बताए ।

उनले धनगढी उपमहानगरपालिकाले खुलामञ्चमा बेरोजगार युवाहरू लक्षित रात्रीकालिन बजारको परिकल्पना गरेको बताउदै तालिम पश्चात् ती युवाहरुलाई खुलामञ्चमा ब्यबसाय संचालनका लागि सहयोग गर्ने बताए ।

सूदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय भन्दा धेरैलाई राेजगारीकाे अवसर आएकाे छ । सरकारले आयाेजना गरिरहेकाे श्रमाधान राेजगार मेलामार्फत विभिन्न क्षेत्रका राेजगारदाताले अहिलेसम्म २ हजार ६६४ कामदार माग गरेका नेपाल तालिम तथा रोजगार ब्यबसायी महासंघका महासचिव छत्र बहादुर बमले बताए । राेजगारदाताबाट कामदार माग हुने क्रम बढ्दाे क्रममा रहेकाे उनले बताए ।

त्यस्तै, करिब ५ हजार भन्दा बढीले रोजगारको लागि आवेदन दिएको बताउदै महासचिव बमले भोलिसम्ममा यो संख्यामा समेत वृद्धि हुने बताए । उनले सरकारले ताेकेकाे न्यूनतम तलबभन्दा बढी दिनेगरी कामदार आवश्यक रहेकाे भनेर राेजगारदाताले माग गरेको बताए ।

राेजगारीकाे खाेजीमा रहेका व्यक्तिहरूले आफ्नाे सीप र क्षमता अनुसारकाे राेजगारीका लागि आवेदन भर्न सकिने बताउदै महासचिव बमले सुदूरपश्चिमस्तरीय श्रमाधान राेजगार मेलामा सरकारी निकायका १० र राेजगारदाताका २५ गरी ३५ स्टल रहेको बताए ।

आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ३.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ६.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ७.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • ८.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.