काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित चार जना नेताहरू चीन भ्रमणमा जाने भएका छन्।
Advertisement
उपाध्यक्ष पौडेलको नेतृत्वमा एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जाने भएका हुन्। चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एण्ड कल्चरल एक्सेञ्ज कार्यक्रममा सहभागी हुन उनीहरू चीन जान लागेका हुन्।
एमाले प्रतिनिधि मण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइटमार्फत सोमबार बिहान चीन जान लागेको एमालेले जनाएको छ।