Advertisement
पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण देखिएको छ। चार हजार ६१ नमूना परीक्षणमा उक्त संख्याका नयाँ संक्रमित भेटिएका हुन्।
दुई हजार ७९८ को पीसीआर परीक्षणमा २८ र एक हजार २६३ को एन्टिजेन जाँचमा नौ जना नयाँ संक्रमित पाइएका हुन्।
यस अवधिमा ३८२ जनाले कोरोना जितेर निको भएका छन्। मृत्यु शून्य छ। हाल देशभर तीन हजार २४१ जना सक्रिय संक्रमित छन्।