काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नबुझाएका एयरलाइन्सविरुद्ध कारबाही गर्ने भएको छ। सञ्चालनमा नरहेका तर बक्यौता तिर्न बाँकी भएको सात कम्पनीलाई प्राधिकरणले सात दिनको समयावधि दिएको छ।
Advertisement
जसमा कस्मिक एयरले तीन करोड ४७ लाख ५८ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ। यस्तै, नेकोन एयरले चार करोड ७२ लाख २५ हजार, शिवानी एयरले ५५ लाख ५१ हजार, गोरखा एयरले २० लाख ३५ हजार, माउन्टेन एयरले ६ लाख १० हजार, स्काइलाइन एयरवेजले करिब ८ लाख र एयर काष्ठमण्डपले ७ लाख ३८ हजार रुपैयाँ बाँकी रहेको छ। यी कम्पनी अहिले सञ्चालनमा छैन।
यसबाहेक विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै सेवा लिन नपाउने गरी कारबाही हुन सक्ने प्राधिकरणले जनाएको छ।