कैलाली– कैलाली जिल्ला टेबुलटेनिस संघले आज जिल्लास्तरीय अन्डर १५ टेबुलटेनिस खेलाडी छनौट सम्पन्न गरेको छ। छनौट प्रतियोगिता धनगढी स्थित क्षेत्रीय रंगशालामा भएको थियो।
Advertisement
यहि जेठ ३० देखि ३२ गतेसम्म पोखरामा आयोजना हुने प्रतियोगिताका लागि जिल्ला स्तरीय खेलाडी छनौट गरिएको संघका सचीव निरज चन्दले बताए।
प्रतियोगितामा सुरज कार्की, आयुष चौधरी, अर्थबिद भट्ट र आर्नभ तिवारी छनौट भएको सचीव चन्दले बताए। उनले यहि २६ गते हुने प्रदेश स्तरीय खेलाडी छनौटमा बिजयी हुनेले पोखरामा हुने प्रतियोगितामा सहभागीता जनाउने बताए।
कैलाली जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख दीपक सिंहको प्रमुख आतिथ्यमा भएको छनौट प्रतियोगितामा सुदुरपश्चिम टेबुलटेनिस संघका प्रदेश अध्यक्ष रमेश पाण्डेय विशिष्ट अतिथि रहेका थिए।