• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

तरबुजाबाट बनाउनूस् फेस प्याक


    Avatar photo
शनिबार, जेठ १२, २०८१ मा प्रकाशित

नयाँदिल्ली- गर्मीमा तरबुजा खाँदा शरीर तन्दुरुस्त रहन्छ। यसले छालाको सौन्दर्य पनि निखार्छ। तरबुजाबाट फेस प्याक बनाएर पनि लगाउन सकिन्छ।

Advertisement

तरबुजामा भरपुर पानी हुन्छ। यसले शरीरलाई हाइड्रेट राख्छ। र, शरीरमा पानीको कमी हुन पाउँदैन। तरबुजामा पाइने भिटामिन-सीले छालाको चमक बढाउँछ। कतिपय छालाको समस्यामा पनि यो उपयोगी फल मानिन्छ।

तरबुजा छालाका लागि एकदमै राम्रो मोस्चराइजर हो। यदि कसैमा छाला सुख्खा हुने समस्या छ भने तरबुजाको नियमित सेवनबाट राहत मिल्नेछ।

छाला चाउरिने समस्या देखिन थाल्यो भने पनि तरबुजाको नियमित सेवन लाभदायक हुन सक्छ। यसमा पाइने एन्टिअक्सिडेन्ट गुणले छालाको चाउरीपन हटाउन मद्दत गर्छ।

तरबुजामा मौजुद म्याग्‍नेसियमले छालालाई सुख्खा हुनबाट बचाउँछ। म्याग्‍नेसियमले छालालाई मोस्चराइज गर्न पनि मद्दत गर्छ। र, सुख्खापनबाट टाढा राख्छ। तरबुजाको फेस प्याक बनाएर लगाउँदा अनुहारको छालाको चमक बढ्छ।

तरबुजामा अधिक फाइबर हुन्छ र क्यालोरीको मात्रा कम। तरबुजा खाँदा लामो समय पेट भरिलो रहेको आभास पनि हुन्छ। यसले शरीरमा भएका विषालु पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। तरबुजा खाँदा छिटो-छिटो भोक लाग्‍ने समस्या पनि हट्छ। र, तौल घटाउन पनि मद्दत गर्छ।

तरबुजामा पाइने भिटामिन सी, भिटामिन एले फाइबर इम्युनिटी बढाउन सहयता गर्छन्। पेटको इन्फेक्सनबाट बच्‍न र पाचन क्रिया सही राख्‍न पनि तरबुजाले मद्दत गर्छ।

तरबुजाले मुटुको स्वास्थ्य पनि दुरुस्त राख्छ। कारण- तरबुजामा पाइने एमिनो एसिडले रक्तचापलाई नियन्त्रणमा राख्छ। ब्याड कोलेस्टेरोल बन्‍न दिँदैन र हृदयाघातको जोखिम पनि कम गर्छ।

कब्जियतको समस्या, रगतको कमी, थकान र तनावबाट पनि यसले टाढा राख्छ।

तरबुजा गर्मीयाममा पाइने बहुउपयोगी फल हो। यही बेलामा छाला सुख्खा हुने समस्या पनि बढी हुन्छ। त्यसैले तरबुजाको रसमा बेसन मिलाउनूस्। र, प्याक बनाउनूस्। त्यस प्याकलाई अनुहारमा लगाएर १५ मिनटसम्म राख्‍नूस्। त्यसपछि अनुहार पानीका छिटा राखेर हातले मसाज गर्नूस्। त्यसपछि अनुहार पखाल्नूस्।

यस्तै, तरबुजाको रसमा कटन भिजाएर अनुहारमा लगाउनूस्। १० मिनटपछि अनुहार पखाल्नूस्। यसलाई नियमित प्रयोग गर्दा अनुहार चम्किलो बन्छ।

आँखा सुन्‍निने र थकानको समस्या हटाउन तरबुजाको दुईवटा स्लाइस काटेर आँखामा राख्‍नूस्। र, १५ मिनटपछि हटाउनूस्। तपाईंलाई तत्काल राहत महशुस हुनेछ।

तरबुजाको साथमा केरा, स्याउ, मेवा, सुन्तलालाई मिसाएर पनि फेस प्याक बनाउन सकिन्छ। मेवामा पाइने एन्जाइम्सले मरेका सेलहरूलाई हटाउँछ। र, नयाँ सेल्स बन्‍न मद्दत गर्छ।

यस्तै, केराले छालालाई कसिलो बनाउँछ। स्याउ र सुन्तलामा भिटामिन र मिनरल्स भरपूर पाइन्छ। तरबुजाले छालालाई हाइड्रेट राख्छ। यस फेसप्याकलाई ३० मिनटसम्म अनुहारमा राख्‍नूस् र धुनूस्। अनुहारमा बेग्लै चमक आउँछ।

शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.