काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विरुद्धमा संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेस विरुद्ध रराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीमा संसदीय छानबिनबारे दुईवटा अडान अगाडी सारेको छ ।
Advertisement
रास्वपा प्रवक्ता मनीष झाले प्रश्न उठेपछि सम्बन्धित व्यक्तिले संसद्मै जवाफ दिन पाउनु पर्ने र रविलक्षित नभइ सम्पूर्ण संकटग्रस्त सहकारीको छानबिन गर्नुपर्ने बताएका छन् ।
लामिछानेले संसद्मा बोलेपछि समिति गठन गर्न सत्तापक्ष तयार भएको उनको भनाई छ ।