काठमाडौं । नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने बताएको छ ।
Advertisement
विहान ११ बजेका लागि बोलाएको बैठक सहमति गर्ने भन्दैं चार बजेका लागि रारिएको थियो तर सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।
बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले अघि बढेको भन्दै संसद अवरोधलाई निरन्तरात दिने जनाएको हो ।
४ बजेका लागि बोलाईएको बैठक अझै सुरु हुन सकेको छैन ।