काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको दावी गरेका छन् ।
Advertisement
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१औँ मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले दुईको हत्या गरेर नदीमा फालिएको दाबी गरेका हुन् ।
खनालले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रूपमा फालिएको दाबी गरे ।
खनालले उनीहरुको मृत्यु दुर्घटनाबाट नभई निर्ममतापूर्वक गरिएको हत्या भएको बताए ।