काठमाडौं । ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक ४ बजेसम्मका लागि स्थगित भएको छ ।
Advertisement
संसद सचिवालयले सूचना टास गरेर ४ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।
सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय मागेपछि बैठक अपराह्न ४ बजेका सारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरेर सहमतिको प्रयास चलिरहेको भन्दै बैठक सार्न आग्रह गरेका थिए ।
संसदीय छानबिन समिति गठन नभए संसद् बैठक अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिँदै आएको छ । यस्तोमा दलहरु संसदको गतिरोध हटाउन छलफलमा जुटेका छन् ।
