काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको आकार नबढाउन सुझाव दिएका छन् ।
Advertisement
बुधबार महासंघले आयोजना गरेको प्रि– बजेटका विषयमा अर्थमन्त्रीसँगको छलफलमा बोल्दै अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् । ढकालले सरकारलाई बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप पर्ने बताए ।
अध्यक्ष ढकालले निजीक्षेत्र बजेटको केन्द्रबिन्दुमा हुनुपर्नेमा जोड दिदै आर्थिक रुपान्तरणका लागि निजीक्षेत्र प्रवर्द्धन विशेष योजना ल्याउनु नयाँ चरणको आर्थिक सुधार अभियानको रुपमा हेर्ने बताए ।
अध्यक्ष ढकालले लगानी आकर्षित गरी उत्पादनमूलक उद्योगहरूको प्रतिष्पर्धात्मक क्षमता बढाउनु पर्ने बताए । उनले उत्पादन, आयात प्रतिस्थापन र निर्यातको आधारमा सहुलियत दिइने उत्पादनमा आधारित सहुलियत कार्यक्रम पाँच वर्ष सञ्चालन गर्नुपर्ने माग गरे ।