काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा नयाँ संविधान र अर्को व्यवस्थाको खाजी नभएको बताएका छन् ।
Advertisement
अनेरास्ववियुले आयोजना गरेको ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व ?’ विषयक छलफलमा भट्टराईले व्यवस्था परिवर्तन नभएर सरकारको स्थायित्वको खोजी भएको बताएका हुन् । भने – ‘अब व्यवस्थाको बहस छैन, व्यवस्थाको बहस केही सानो कोणमा देखिन्छ, पुरानो व्यवस्था फर्काउने कि भन्ने खालको देखिन्छ, नत्र भने यो व्यवस्थालाई कसरी राम्रो बनाउने, समावेशी बनाउने, अझै उत्कृष्ट बनाउने भन्ने कुरामा नै बहसहरू छन्,’
२०४६ को परिवर्तनपछि बहुदलीय शासन व्यवस्थालाई नेपालले लगातार अङ्गीकार गरेको बताउँदै उनले २०६२/०६३ को जनआन्दोलनले ल्याएको परिवर्तनपछि त्यसलाई अझ परिष्कृत बनाउँदै गणतन्त्रात्मक बहुदलीय शासन पद्धतिमा गएको दावी गरे ।