काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष ०८१/८२ मा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ ।
Advertisement
राष्ट्रिय योजना आयोगले बुधबार १६औँ योजना (०८१/८२-०८५/८६)को अन्तर्वस्तु सार्वजनिक गर्दै ०८१/८२ मा ६ प्रतिशतको आर्थिक वृद्धि हुने र आगामी पाँच बर्ष अर्थात आव ०८५/८६ सम्ममा औसत ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको जनाएको छ ।
आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार उनले १६औँ योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र सम्भावनाहरू पहिचान गरेको बताए। उनले भने, ‘राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन्। तीन तहका सरकार आर्थिक-सामाजिक तथा पूर्वाधार विकासमा संलग्न छन्।’