काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा लापरवाही गरेको भन्दै दुई जना सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जना विभागीय कारबाहीको सिफारिसमा परेका छन् ।
समितिको सिफारिसको आधारमा एसपी अर्जुन खत्री र राजेन्द्र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको र जनामाथि विभागीय कारबाही थालिएको स्रोतको भनाई छ ।
सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिलेले उक्त आगलागीका विषयमा छानविन गरेका थिए ।
आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ भएको छानबिन निष्कर्ष छ । आगलागीको गन्ध र धुवाँ आउनासाथ तत्काल रेस्पोन्स गर्न नसकेको छानबिन समितिको ठहर छ । छानबिनमा संलग्न गृह मन्त्रालयका एक जना अधिकृत भन्छन्– ‘साँचो भण्डार महाशाखामा राखेको र नम्बर–९ पशुपति प्रसाद बाहिनीलाई सुरक्षाको जिम्मेवारी दिएको देखिन्छ ।’