काठमाडौं । नेपाल विद्धुत प्राधिकरणले भोलीदेखि ४ दिन काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने जनाएको छ ।
Advertisement
नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
चार दिन ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
कहिले कहाँ विद्युत अवरोध हुदै ?
– जेठ ३ गते नयाँ बजार,
– जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी,
– जेठ ६ गते भिमसेनस्थान र
जेठ ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्र