काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी नयाँ दल निर्माणलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध दायर गरेको रिटमा पेशी न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको छ ।
Advertisement
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादवले सोमबार सर्वोच्च अदालतमा दायर गरेका थिए । शर्माको एकल इजलासमा यादवको रिट तेस्रो नम्बरमा पेशी रहेको छ।
यादवले दिएको रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरिएको छ।
जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो ।रिटमा पार्टी फुटाउनका लागि ४०६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने र राई पक्षीयसँग पर्याप्त सङ्ख्या नभएको जिकिर गरिएको छ।