तनहुँ । तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना हुने भएको छ । उच्च अदालत पोखराले पुनः मतगणनाको आदेशसंगै निर्वातचन सम्पन्न भएको दुई बर्ष पछि पुन मतगणना हुन लागेको हो ।
Advertisement
२०७९ साल १२ जेठमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेलको इजलासले मंगलबार पुनः मतगणना गर्न आदेश दिएको थियो ।
जोशी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेसँग पराजित भएपछि मतगणनामा धाँधली भएको भन्दै अदालतमा मुद्धा हालेका थिए ।
मेयरमा विजयी कांग्रेसका वैकुण्ठ न्यौपानेले जोशीलाई २५२ मत अन्तरले हराएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाएर जित्दा जोशी ११ हजार ८२६ मत पाएका थिए ।