काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज मुद्दाको सुनुवाइले निरन्तरता पाउनेछ ।
इजलासले मुद्दामा हिजो नै बहस सक्ने भन्दै अधिवक्ताहरूलाई बहसका लागि समय निर्धारण गरेर सुनुवाइ गर्दापनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
मंगलबार सरकारका तर्फबाट सह-न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उप न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका थिए। त्यस्तै सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए।
सरकारी पक्ष र सन्दीप पक्षको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस भइरहेको थियो। उनीहरूको बहस सकिएपछि उनीहरूको पनि बहस सकिएपछि सरकारी वकिलहरूले जवाफी बहस गर्ने र आजै फैसला दिने तयारी थियो।
सुनुवाइ सकिए आज नै फैसला सुनाउने तयारी छ ।