चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द भएको छ ।
Advertisement
चितवनको भरतपुर महानगरपालिकाले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरेको जनाएको छ ।
महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेपछि बिहीबार तोकेको मापदण्ड अनुसारको प्राविधिक सहित टेन्डर आह्वान गर्ने जनाएको छ ।
फागुन १७ गते टेन्डर ३० दिनको म्याद राखेर गत आह्वान गरिएको थियो । उक्त टेन्डर एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो ।