• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

मस्तिष्कघातका लक्षण देखिए तत्काल अस्पताल पुर्‍याऊँ


    Avatar photo
आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित

काठमाडौं- मस्तिष्कघात ३ किसिमका हुन्छन्। पहिलो हो- दिमागले पाउनुपर्ने रगतको नली एक्कासी बन्द हुन्छ। रगतको नली नै ब्लक भयो भने कोशहरू मर्दै जान्छन्, जसलाई स्केमिक स्ट्रोक भनिन्छ।

Advertisement

दोस्रो- हेमोराजिक स्ट्रोक हुन्छ। कुनै कारणवस रगतको नलीको भित्ता फुटेर दिमागमा वा दिमागको वरिपरि पानी खेल्ने ठाउँमा जमेर बस्यो भने त्यसलाई हेमोराजिक स्ट्रोक भनिन्छ।

तेस्रो- टीआईए स्ट्रोक हुन्छ। यो स्ट्रोकमा आफैं रगत ब्लक भएर केही समयपछि आफैं खुल्छ। त्यसले निकट भविष्यमा ठूलो अट्याक हुन सक्ने संकेत गर्छ।

हेमोराजिक स्ट्रोकको मुख्य कारण रगतको नलीको भित्ता कमजोर हुनु हो। रगतको भित्ता कमजोर हुँदा रगतको फकुण्डोजस्तो बाहिर निस्किन्छ। कुनै किसिमको प्रेसर भयो भने उक्त भित्ता फुट्छ र रत्तश्राव हुन्छ। त्यस्तो अवस्थामा भित्र गएर कोइल हालेर फकुण्डोलाई पुरिन्छ।

कहिलेकाहीं रगतको फकुण्डो नभएर जन्मजातै गुजुल्टो हुन्छ। त्यसमा पनि स-साना कमजोर धमनीहरू हुन्छन्। केही कारणवस ती धमनीहरू फुट्छन्। र, रक्तश्राव हुन थाल्छ।

पक्षघातको प्रमुख कारण स्केमिक स्ट्रोकलाई मानिन्छ। त्यस स्ट्रोकमा इन्टरभेन्सन पद्धतिद्वारा रगतको थेग्लो निकालिन्छ। पक्षघातको विश्‍वव्यापी कुरा गर्ने हो भने अहिले हामी चौथो एराको अन्तिम चरणमा छौं।

पहिलो एरामा पक्षघात जसलाई हुने हो त्यसलाई हुन्छ, भएपछि केही गर्न मिल्दैन भन्‍नेजस्ता अफवाह थिए। तर, चौथो एराको अन्तिम अवस्थासम्म आइपुग्दा अहिले पक्षघातको उपचार तथा रोकथाम गर्न सकिन्छ भन्‍ने कुरा अघि बढिरहेको छ। पक्षघातलाई मृत्युको दोस्रो कारण पनि मानिन्छ।

स्ट्रोक भएको बिरामीलाई ढिलो अस्पताल ल्याइयो भने केही पनि गर्न सकिँदैन। १-२ घण्टाभित्रै अस्पताल पुर्‍याउन सके निको हुने सम्भावना उच्च रहन्छ। त्यसैले, स्ट्रोकका बिरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन सक्यो, त्यति नै राम्रो मानिन्छ।

कारण- स्ट्रोक भएको १ मिनटमा २० लाख सेल मर्छन्। बिरामीलाई जति ढिलो अस्पताल पुर्‍याइन्छ, त्यति धेरै सेल मर्ने भएकाले यो निकै खतरनाक छ।

कुनै स्ट्रोकमा हातको नलीबाटै थेग्लो फुटाउने औषधि दिइन्छ। त्यो औषधि स्ट्रोक भएको ४-५ घण्टा भित्र दिन सकिन्छ।

कसरी थाहा पाउने स्ट्रोक ?

स्ट्रोक हुँदा विभिन्‍न किसिमका लक्षणहरू अचानक देखापर्छन्। ती लक्षणहरू हामीले छोटो रूपमा ‘स.अ.ज.ब.ह.स.’ गरी सम्झिन सक्छौं। ‘स’बाट शरीरको ‘सन्तुलन’ बिग्रनु हो। यस्तै, ‘अ’बाट ‘आँखा’ले नदेख्‍नु वा धमिलो देख्‍नु ,‘ज’बाट ‘जिब्रो वा मुख’ बांगिनु वा लत्रनु, ‘ब’बाट बोली लर्बराउनु, ‘ह’बाट ‘हात-खुट्टाहरू’ लुलो हुनु र ‘स’बाट ‘समय’मै अस्पताल पुर्‍याउनु हो।

यस्ता लक्षणहरू देखिनेबित्तिकै समयमै अस्पताल पुर्‍याउनुपर्छ। यीमध्ये कुनै पनि लक्षण देखियो भने ठीक भइहाल्छ नि भन्दै लापरवाही गरेर घरमै बस्यो भने पछि केही पनि गर्न सकिँदैन।

तारका माध्यमबाट ब्लक निकाल्न २४ घण्टाको गाइडलाइन छ। त्यसभन्दा बढी समयपछि भने त्यो पद्धतिद्वारा पनि उपचार गर्न मिल्दैन। २४ घण्टाभित्र अस्पताल आउन सकियो भने केही भागलाई बचाउन सकिन्छ।

ढिलो अस्पताल ल्याउँदा मरिसकेका भागहरूलाई पुनः जीवित बनाउन मुस्किल पर्छ। जति मर्न बाँकी अंगहरू छन्, तिनीहरूलाई बचाउन सकियो भने प्यारालाइसिस हुनबाट बचाउन सकिन्छ।

स्ट्रोक भएर ठूलो भाग मर्‍यो भने २-३ दिनपछि सुन्‍निन थाल्छ। धेरै सुन्‍निएर नसुन्‍निएको भागलाई थिच्‍न थाल्छ। सुन्‍निएको भागले अरू महत्त्वपूर्ण भागलाई थिच्यो भने मान्छेको मृत्यु नै हुन्छ। यस्तो बिरामीको खप्पर खोलेर अपरेसन गर्नुपर्ने हुन्छ।

(बी एन्ड बी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. रानाभाटसँग कुराकानीमा आधारित)

आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.